फाईनलमा प्रिन्स पराजित
शनिबार, २६ पौष २०७६खेलपाटी संवाददाता

काठमाडौं । ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल प्रेसिडेन्ट कप नेपाल ईन्टरनेश्नल सिरिजको फाईनलमा पराजित भएका छन् ।
पुरुष एकल स्पर्धामा प्रिन्स भारतका मिरबा लुवाङ्गसंग पराजित भएका हुन् ।
शनिबार भएको फाईनलमा प्रिन्स १६–२१, २३–२१ र १५–२१ को सेटमा पराजित भए ।
विश्व जुनियर वरियताको १४ औं स्थानमा रहेका प्रिन्सले भारतकै अभिन बशिष्ठलाई हराउँदै फाईनल प्रवेश गरेका थिए ।
प्रिन्सले सेमिफाईलनमा बशिष्ठलाई २१–१८, २०–२२ र २१–१७ को सेटमा जित निकालेका थिए ।











%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)


