सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रिन्स पुरुष एकलको सेमिफाइनलमा

बिहिबार, २४ पौष २०७६खेलपाटी संवाददाता
प्रिन्स पुरुष एकलको सेमिफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल प्रेसिडेन्ट कप नेपाल ईन्टरनेशनल सिरिजको पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा भारतका खेलाडी आयन रसिदलाई २१–१०, २१–९ ले पराजित गर्दै प्रिन्स अन्तिम चारमा पुगेका हुन्।

प्रिन्स मिक्स डबल्समा भने पराजित भए । रसिला महर्जनलाई जोडी बनाएका प्रिन्स भारतका आयन रसिद र तस्निम मिरको जोडीसँग २४–२६, २१–१४ र २१–८ ले पराजित भए ।

प्रतियोगिताको महिला एकलतर्फ निता लम्साल नेपालकै निलिमा महरालाई २१–१२, २१–६ ले पराजित गर्दै अन्तिम चारमा पुगेकी छिन् । यस्तै निताले दोहोरो जित निकाल्ने क्रममा गोकुल जोरासँग मिलेर मिक्स डबल्समा नेपालकै नरेन्द्र बम र निलिमा महरालाई २१–१६, २१–१३ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाईन् ।

पुरुष एकलतर्फ कै अर्को खेलमा नेपालका नरेन्द्र बम श्रीलंकाका दुमिन्दु अवेविक्रमासँग २१–७, २१–९ को सोझो सेटमा पराजित हुन पुगे । पुरुष एकलतर्फ भारतका अभिन बशिष्ठले श्रीलंकाका दिगायु कहातापितियालाई २१–१५, २१–८ ले तथा भारतका मिरब लुवाङले आफ्नै देशका शिभम कुमार मिश्रलाई २१–१२, २१–१६ ले पराजित गर्दै सेमिमा स्थान पक्का गरे ।

प्रतियोगितामा रशिला महर्जन एकल प्रतिस्पर्धामा पनि पराजित भईन् । महर्जन मलेसियाकी करुपथेभन लेत्शानासँग २१–१४, २१–१२ ले पराजित भईन् । यस्तै सिमा राजबंशी भारतकी अनुपमा उपाध्यायसंग २१–९, २१–७ले पराजित भईन् । महिला एकलतर्फको अर्को खेलमा भारतकी तस्निमा मिरले मलेसियाकी सरन्या कविलानलाई २१–९, २१–३ ले पराजित गरिन् ।

पुरुष युगलतर्फ नेपालका अमृत चौधरी र जे.बी. साउदको जोडी नेपालकै डेभिड थापा मगर र युनिश राईको जोडीलाई २१–१६, २१–१२ ले पराजित गर्दै सेमिफाईन प्रवेश गरे । अन्य खेलमा नेपाली खेलाडीले पराजय भोगे ।

श्रीलंकाका दुमिन्दु अवेविक्रमा र दिगायु कहातापितियाको जोडीले नेपालका योगेश खड्का र सत्यम सुब्बाको जोडीलाई २१–१०, २१–१०ले, भारतका आर.बिकास प्रभु र अरुण कार्थिक के.को जोडीले नेपालका गोकुल जोरा र प्रियान्शु सिंह क्षेत्रीको जोडीलाई २१–१०, २१–१८ ले पराजित गर्दै सेमिफाईन प्रवेश गरे ।

मिक्स डबल्सतर्फ नेपालका पेम्बा शेर्पा र सिमा राजबंशीको जोडीले अमृत चौधरी र बिष्णा बिष्टको जोडीलाई २१–१४, २१–१० को सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरे भने जेबी साउद र प्रसुना खत्रीको जोडी भारतका मुरुगप्पा के.एस. र सनिया सिकन्दरको जोडीसँग २१–२, २१–७ ले पराजित हुन पुगे ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

 पशुपति र हिलारी सेमिफाइनलमा

पशुपति र हिलारी सेमिफाइनलमा

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल