• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
विराटको युगमा रोहितको महानता
खेलपाटी संवाददाता
शुक्रबार, पुस १८, २०७६ खेलपाटी संवाददाता
विराटको युगमा रोहितको महानता

एजेन्सी । आधुनिक क्रिकेटको एक ठुलो नाम हो विराट कोहली । भारतीय कप्तान समेत रहेका विराट विश्वका एक उत्कृष्ट ब्याट्सम्यान मध्येका एक हुन् ।

दिल्लीका दाँया हाते ब्याट्सम्यान विराटले अन्तराष्ट्रिय क्रिकेटमा ६८ शतक प्रहार गरेका छन् । उनको तथ्यांक हेर्ने हो भने अविश्वनीय छ र जब उनी मैदानमा उत्रन्छन् हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्छन् ।

तर, यदि विराट क्रिकेटमा थिएनन् भने को हुन्थ्यो होला उनको स्थानमा ? उनको जस्तो सफलता पाएको खेलाडी को छन् होला ?

विश्वका राम्रो ब्याट्सम्यानको कुरा गर्दा केन विलियम्सन, जोय रुट, स्टिभ स्मिथ जस्ता खेलाडीको नाम लिने गर्छन् । तर, सबैले छुट्टाउने र त्यस सूचीमा दाजिन सक्ने एक नाम हो रोहित शर्मा ।

भारतीय ओपनर रोहित विराट भन्दा केहि मात्र पछि रहेका छन् । रोहित गत संस्करणको विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् ।

Kohli in action against the West Indies

रोहित लामो फर्म्याटको क्रिकेटमा केहि संघर्ष गर्ने गरेका छन् । तर, जब सिमित ओभरको क्रिकेटको कुरा आउँछ, रोहितसँग दाँज्न मिल्ने सिमित खेलाडी मात्र रहेका छन् ।

मुम्बईका ब्याट्सम्यान रोहितले २ सय ११ इनिङ्समा ४८ को औषतमा ८ हजार ६ सय भन्दा बढी रन बनाएका छन् । २७ शतक समेत प्रहार गरेका उनी एकदिवसीयमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडीमा हसिम अमलासँगै पाँचौं स्थानमा रहेका छन् ।

भारतका उप कप्तान समेत रहेका रोहित एकदिवसीयमा एक इनिङको सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले श्रीलंकाविरुद्ध २ सय ६४ रन बनाएका थिए ।

टी-ट्वान्टीमा रोहितको तथ्यांक हेर्ने हो भने, उनी सर्वाधिक शतक प्रहार गर्ने खेलाडी हुन् । ४ शतक प्रहार गरेका रोहित टी-ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् ।

यो त उनको तथ्यांक मात्र हो, उनको हालको प्रदर्शन हेर्दा अझ लोभलाग्दो रहेको छ । रोहितको करियरलाई दुई भागमा विभाजन गर्न सकिन्छ, एक मिडल अडर ब्याट्सम्यान र ओपनरको रुपमा ।

रोहितले सन् २०१३ बाट ओपनिङ गर्न सुरु गरेका हुन् । त्यसयता उनले कहिले पछाडी फर्केर हेर्नु परेको छैन । २७ शतक मध्ये २५ शतक उनले ओपनिङ गर्दा नै प्रहार गरेका हुन् ।

रोहितको क्षमता भनेको नै खेलमा लामो समय टिक्न सक्ने र शतक बनाउने हो । खेलमा कुनै खेलाडीले तेस्रो अंकको रन बनाउन सायदैले सक्छन् तर रोहितमा त्यसको कुनै कमी छैन ।

जब रोहितले शतक प्रहार गर्ने गर्छन्, त्यसपछि उनले फर कढंगले बलरको चुटाई गर्न थाल्छन् । उनले तीन पटक दोहोरो शतक प्रहार गरेको कीर्तिमान नै यसको एक उदाहरण हो ।

रोहितले एकदिवसीयमा तीन पटक दोहोरो शतक प्रहार गर्दा हालसम्म मात्र ४ खेलाडीले दोहोरो शतक बनाएका छन् ।

तर, रोहितको प्रदर्शन नियमित छैन । त्यसैले रोहित भन्दा विराट अघि रहेका छन् । रोहित आफ्नो करियरमा कुनै समयपनि नियमित लयमा प्रदर्शन गर्न सकेका छैनन् । तर, पछिल्लो समयको तथ्यांक हेर्दा उनले खेलमा निकै सुधार गरेका छन् ।

Rohit Sharma

सन् २०१५ बाट उनले एकदिवसीयमा २१ शतक प्रहार गरेका छन् जुन विराट भन्दा १ शतक कम हो ।

रोहितको सबल पक्ष भनेको उनको कप्तानी हो । उनले सायदै राष्ट्रिय टिमको कप्तानी गर्न पाउने गरेका छन् । तर, जब मौका पाएका छन्, उनले आफुलाई प्रमाणित गरेका छन् ।

रोहितको कप्तानीमा भारतले १० एकदिवसीयमा ८ मा जित हात पारेको छ र १५ टी-ट्वान्टी अन्तराष्ट्रियमा १२ मा जित निकालेको छ । जसमा निदास ट्रफी र एसिया कपको उपाधि समेत रहेको छ ।

यस्तै उनलाई सफल कप्तानको भूमिकामा देखाउने आईपीएल समेत रहेको छ । उनले मुम्बई इण्डियन्सबाट ४ पटक उपाधि जितेका छन् । त्यसैले यदि विराट क्रिकेटमा हुन्थेन त रोहितले आज सिमित ओभरको क्रिकेटमा विराटको स्थानमा कप्तानी पाउने थिए ।

Rohit Sharma and MS Dhoni posing with the trophy before the 2019 IPL Final

विराट एक फरक स्तर भएका खेलाडी हुन् । तर रोहितले समेत आफ्नो महत्वबारे प्रमाण पेश गरेका छन् । त्यसैले उनलाई समेत विश्वका उत्कृष्ट खेलाडीको स्थानमा राखिनु पर्छ ।

रोहितले थुप्रै खेलमा भारतलाई जिताएका छन् । यदि विराट हुँदैनन् थिए त रोहित हाल भारतका उत्कृष्ट ब्याट्सम्यान हुने थिए ।

रोहितले जति श्रेय पाउने गरेका छन्, त्यो भन्दा माथिल्लो तहको सम्मान पाउने पर्ने थियो । रोहित सर्वोत्कृष्ट नहुन पनि सक्छन् तर उनले पाउने गरेको श्रेय भन्दा अझ उनको प्रदर्शन धेरै माथि छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
umbro nepal
  • ताजा समाचार
  • खेल आज
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP