सोमबार, २९ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

विराटको युगमा रोहितको महानता

शुक्रबार, १८ पौष २०७६खेलपाटी संवाददाता
विराटको युगमा रोहितको महानता
Classic Tech Internet Ad

एजेन्सी । आधुनिक क्रिकेटको एक ठुलो नाम हो विराट कोहली । भारतीय कप्तान समेत रहेका विराट विश्वका एक उत्कृष्ट ब्याट्सम्यान मध्येका एक हुन् ।

दिल्लीका दाँया हाते ब्याट्सम्यान विराटले अन्तराष्ट्रिय क्रिकेटमा ६८ शतक प्रहार गरेका छन् । उनको तथ्यांक हेर्ने हो भने अविश्वनीय छ र जब उनी मैदानमा उत्रन्छन् हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्छन् ।

तर, यदि विराट क्रिकेटमा थिएनन् भने को हुन्थ्यो होला उनको स्थानमा ? उनको जस्तो सफलता पाएको खेलाडी को छन् होला ?

विश्वका राम्रो ब्याट्सम्यानको कुरा गर्दा केन विलियम्सन, जोय रुट, स्टिभ स्मिथ जस्ता खेलाडीको नाम लिने गर्छन् । तर, सबैले छुट्टाउने र त्यस सूचीमा दाजिन सक्ने एक नाम हो रोहित शर्मा ।

भारतीय ओपनर रोहित विराट भन्दा केहि मात्र पछि रहेका छन् । रोहित गत संस्करणको विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् ।

Kohli in action against the West Indies

रोहित लामो फर्म्याटको क्रिकेटमा केहि संघर्ष गर्ने गरेका छन् । तर, जब सिमित ओभरको क्रिकेटको कुरा आउँछ, रोहितसँग दाँज्न मिल्ने सिमित खेलाडी मात्र रहेका छन् ।

मुम्बईका ब्याट्सम्यान रोहितले २ सय ११ इनिङ्समा ४८ को औषतमा ८ हजार ६ सय भन्दा बढी रन बनाएका छन् । २७ शतक समेत प्रहार गरेका उनी एकदिवसीयमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडीमा हसिम अमलासँगै पाँचौं स्थानमा रहेका छन् ।

भारतका उप कप्तान समेत रहेका रोहित एकदिवसीयमा एक इनिङको सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले श्रीलंकाविरुद्ध २ सय ६४ रन बनाएका थिए ।

टी-ट्वान्टीमा रोहितको तथ्यांक हेर्ने हो भने, उनी सर्वाधिक शतक प्रहार गर्ने खेलाडी हुन् । ४ शतक प्रहार गरेका रोहित टी-ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् ।

यो त उनको तथ्यांक मात्र हो, उनको हालको प्रदर्शन हेर्दा अझ लोभलाग्दो रहेको छ । रोहितको करियरलाई दुई भागमा विभाजन गर्न सकिन्छ, एक मिडल अडर ब्याट्सम्यान र ओपनरको रुपमा ।

रोहितले सन् २०१३ बाट ओपनिङ गर्न सुरु गरेका हुन् । त्यसयता उनले कहिले पछाडी फर्केर हेर्नु परेको छैन । २७ शतक मध्ये २५ शतक उनले ओपनिङ गर्दा नै प्रहार गरेका हुन् ।

रोहितको क्षमता भनेको नै खेलमा लामो समय टिक्न सक्ने र शतक बनाउने हो । खेलमा कुनै खेलाडीले तेस्रो अंकको रन बनाउन सायदैले सक्छन् तर रोहितमा त्यसको कुनै कमी छैन ।

जब रोहितले शतक प्रहार गर्ने गर्छन्, त्यसपछि उनले फर कढंगले बलरको चुटाई गर्न थाल्छन् । उनले तीन पटक दोहोरो शतक प्रहार गरेको कीर्तिमान नै यसको एक उदाहरण हो ।

रोहितले एकदिवसीयमा तीन पटक दोहोरो शतक प्रहार गर्दा हालसम्म मात्र ४ खेलाडीले दोहोरो शतक बनाएका छन् ।

तर, रोहितको प्रदर्शन नियमित छैन । त्यसैले रोहित भन्दा विराट अघि रहेका छन् । रोहित आफ्नो करियरमा कुनै समयपनि नियमित लयमा प्रदर्शन गर्न सकेका छैनन् । तर, पछिल्लो समयको तथ्यांक हेर्दा उनले खेलमा निकै सुधार गरेका छन् ।

Rohit Sharma

सन् २०१५ बाट उनले एकदिवसीयमा २१ शतक प्रहार गरेका छन् जुन विराट भन्दा १ शतक कम हो ।

रोहितको सबल पक्ष भनेको उनको कप्तानी हो । उनले सायदै राष्ट्रिय टिमको कप्तानी गर्न पाउने गरेका छन् । तर, जब मौका पाएका छन्, उनले आफुलाई प्रमाणित गरेका छन् ।

रोहितको कप्तानीमा भारतले १० एकदिवसीयमा ८ मा जित हात पारेको छ र १५ टी-ट्वान्टी अन्तराष्ट्रियमा १२ मा जित निकालेको छ । जसमा निदास ट्रफी र एसिया कपको उपाधि समेत रहेको छ ।

यस्तै उनलाई सफल कप्तानको भूमिकामा देखाउने आईपीएल समेत रहेको छ । उनले मुम्बई इण्डियन्सबाट ४ पटक उपाधि जितेका छन् । त्यसैले यदि विराट क्रिकेटमा हुन्थेन त रोहितले आज सिमित ओभरको क्रिकेटमा विराटको स्थानमा कप्तानी पाउने थिए ।

Rohit Sharma and MS Dhoni posing with the trophy before the 2019 IPL Final

विराट एक फरक स्तर भएका खेलाडी हुन् । तर रोहितले समेत आफ्नो महत्वबारे प्रमाण पेश गरेका छन् । त्यसैले उनलाई समेत विश्वका उत्कृष्ट खेलाडीको स्थानमा राखिनु पर्छ ।

रोहितले थुप्रै खेलमा भारतलाई जिताएका छन् । यदि विराट हुँदैनन् थिए त रोहित हाल भारतका उत्कृष्ट ब्याट्सम्यान हुने थिए ।

रोहितले जति श्रेय पाउने गरेका छन्, त्यो भन्दा माथिल्लो तहको सम्मान पाउने पर्ने थियो । रोहित सर्वोत्कृष्ट नहुन पनि सक्छन् तर उनले पाउने गरेको श्रेय भन्दा अझ उनको प्रदर्शन धेरै माथि छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य

नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य

सन्दीपले बीपीएल खेल्ने

सन्दीपले बीपीएल खेल्ने

Bajaj Pulsar Motorcycle Ad
एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा पुलिस र रियाले भिड्ने

एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा पुलिस र रियाले भिड्ने

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य

नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य

झापा गोल्डकप माघ अन्तिम साता

झापा गोल्डकप माघ अन्तिम साता

दक्षिण अफ्रिकामाथि भारतको रवाफिलो जित

दक्षिण अफ्रिकामाथि भारतको रवाफिलो जित

बायर्नलाई लज्जास्पद हारबाट केनले जोगााए

बायर्नलाई लज्जास्पद हारबाट केनले जोगााए

आर्सनलमाथि दबाब बढाउँदै सिटी र भिल्ला

आर्सनलमाथि दबाब बढाउँदै सिटी र भिल्ला

एमबाप्पेको सुखद् पुनरागमन

एमबाप्पेको सुखद् पुनरागमन