मेलबर्नको खेल आज, सन्दीप टिम बाहिर

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) मा आज सिड्नी थन्डरविरुद्ध खेल्दैछ ।
मेलबर्न र सिड्नीबीचको खेल बिहान १०:२५ बजे सुरु हुनेछ ।
तर, सन्दीपले भने चोटका कारण सिड्नीविरुद्धको खेल गुमाउने भएका छन् ।
मेलबर्नले सार्वजनिक गरेको १३ सदस्सीय टिममा सन्दीप परेका छैनन् । उनको स्थानमा हरिस रौफले मौका पाएका छन् ।
मेलबर्नले चोट बोकेका कारण सन्दीपले सिड्नीविरुद्धको खेल गुमाउने जनाएको छ ।
'सन्दीपको स्थानमा हरिसले पुन: स्थान बनाएका छन्,' मेलबर्नले भनेको छ, 'मेलबर्न डर्वीका लागि चोट बोकेका सन्दीपले स्थान बाउन यसपटक विश्राम दिइएको छ ।'
४ खेलमा ३ जित हात पारेको मेलबर्न ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ ।
यस सिजन सन्दीपले ४ खेलमा ३ विकेट हात पारेका छन् । सन्दीप होबार्ट हुरिकेन्सविरुद्धको खेलमा विकेट विहीन भएका थिए ।






-1764236044054.jpeg&w=3840&q=75)
%20(1)-1764163746521.jpeg&w=3840&q=75)
%20(1)-1764162634072.jpeg&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)



-1764163211372.jpg&w=3840&q=75)