• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पीपीएल : सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यान
खेलपाटी संवाददाता
आइतबार, पुस १३, २०७६ खेलपाटी संवाददाता
पीपीएल : सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यान

काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेट शनिबार सकिएको छ । फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवन राइनोजले पहिलो पटक उपाधि उचाल्यो ।

पोखरा रंगशालामा सकिएको पीपीएलमा सर्वाधिक रन बनाउने शीर्ष १० खेलाडीको सूचीमा विजेता टिमबाट ४ खेलाडी अटाएका छन् ।

तर, पीपीएलमा नेपाली भन्दा विदेशी ब्याट्सम्याननै हाबी देखिए । सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष ५ भित्र मात्र एक नेपालीले स्थान बनाउन सफल भए ।

पीपीएलमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी ?

१. ज्ञानेन्द्र मल्ल

काठमाडौं गोल्डेनका कप्तान ज्ञानेन्द्र मल्ल यस संस्करणको पीपीएलमा सर्वाधिक रन बनाउने नेपाली खेलाडीको शीर्ष स्थानमा रहे । प्रतियोगिताको एक मात्र शतक प्रहार गर्ने खेलाडी मल्लले ५ खेलमा २ सय १ रन बनाउन सफल रहे ।

लिग चरणको खेलमा धनगढी ब्लुजविरुद्ध आक्रामक ब्याटिङ गरेका मल्लले कीर्तिमानी शतक प्रहार गरेका थिए । नेपाली घरेलु फ्रेन्चाइज क्रिकेटमा मल्ल सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी हुन् ।

मल्लले मात्र ३८ बलमा ८ चौका र ९ छक्का प्रहर गर्दै शतक बनाएका थिए ।

प्रतियोगितामा मल्ल सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी हुन् । २९ बाउन्ड्री हानेका मल्लले १३ छक्का प्रहार गरेका थिए जुन एक खेलाडीले प्रहार गरेको छक्का सर्वाधिक हो । मल्लसँगै अन्य २ खेलाडीले समेत १३ छक्का प्रहार गरेका छन् ।

यस पिपीएलमा मल्ल २ सय रन प्रहार गर्ने एक्लो नेपाली खेलाडी हुन् ।

२. आरिफ शेख

चितवनलाई पहिलो पटक पीपीएल च्याम्पियन बनाउन आरिफले महत्वपूर्ण भूमिका खेलेका थिए । आरिफले चितवनका लागि ब्याटिङ मात्र नभएर फिल्डिङमा समेत उत्कृष्ट प्रदर्शन गरे ।

आरिफले पीपीएलमा ६ खेल खेल्दा १ सय ६१ रन बनाए । ४० दशमलब २५ को औसतमा ब्याटिङ गरेका आरिफको १ सय ८५ को स्ट्राइक रेट रह्यो ।

मल्लसंगै आरिफ समेत लिगमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको रुपमा रहे । उनले लिगमा ९ छक्का प्रहार गरे । राष्ट्रिय टिममा समेत आरिफ पछिल्लो समय राम्रो लयमा रहेका छन् ।

३. पारस खड्का

उपाधि विजेता टिमका कप्तान पारस खड्का लिगमा सर्वाधिक रन बनाउने तेस्रो नेपाली खेलाडी हुन् । लिगमा १ अर्धशतक सहित ५ इनिङ्समा पारसले १ सय ५० रन बनाए ।

६ खेल खेलेका पारसले १ खेलमा ब्याटिङ गर्ने पालो पाएनन् । प्रतियोगितामा पारसले १७ चौका र ४ छक्का प्रहार गरेका थिए ।

पारस नेपालमा आयोजना हुने तीनवटै फ्रेन्चाइज टी-ट्वान्टी क्रिकेट जित्ने पहिलो कप्तान हुन् ।

४. दिपेन्द्र सिंह ऐरी

धनगढी ब्लुजका कप्तान दिपेन्द्र पीपीएलमा सर्वाधिक रन बनाउने चौथो नेपाली खेलाडी हुन् । ५ खेलमा उनले २६ दशमलब २० को औसतमा १ सय ३१ रन बनाए ।

प्रतियोगितामा दिपेन्द्रले अर्धशतक समेत बनाएका थिए ।

५. प्रदिप सिंह ऐरी

प्रतियोगिताको उपविजेता टिम विराटनगरका कप्तान प्रदिप सिंह ऐरी पीपीएलमा सर्वाधिक रन बनाउने पाँचौं नेपाली खेलाडी हुन् ।

प्रदिपले ७ खेलमा २१ को औसतमा १ सय २८ रन बनाएका थिए । यस्तै प्रदिपले पहिलो पटक फ्रेन्चाइज टिमको कप्तानी गरेका हुन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
रौनकको शतक, भुटानलाई ३५९ रनको लक्ष्य
रौनकको शतक, भुटानलाई ३५९ रनको लक्ष्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP