इंग्ल्यान्डविरुद्धको टेष्टपछि फिलान्डरले सन्यास लिने
मंगलबार, पुष ८, २०७६खेलपाटी संवाददाता

एजेन्सी । दक्षिण अफ्रिकाका अलराउन्डर भेर्नोन फिलान्डरले इंग्ल्यान्डविरुद्धको टेष्ट सिरिजपछि सन्यास लिने भएका छन् ।
३४ वर्षीय फिलान्डरले घरेलु मैदानमा हुने चार खेलको टेष्ट सिरिजपछि सन्यास लिने बताएका हुन् ।
'अचम्मको यात्रा अन्त्य गर्ने यो उपयुक्त समय हो,' फिलान्डरले भने, 'विश्वको उत्कृष्ट टेष्ट टिमको हिस्सा बन्न पाउनु मेरो शौभाग्यको कुरा हो ।'
दक्षिण अफ्रिकाले सेन्चुरियनमा बिहिबार इंग्ल्यान्डसँग खेल्दै टेष्ट सिरिजको सुरुवात गर्नेछ ।
फिलान्डरले दक्षिण अफ्रिकाका लागि सबै फर्म्याटमा ९७ खेल खेलेका छन् । जसमा फिलान्डरले २ सय ६१ विकेट लिएका छन् ।














