एजेन्सी । महेन्द्र सिंह धोनीले अन्तराष्ट्रिय क्रिकेटमा १५ बर्ष पुरा गरेका छन् । भारतीय क्रिकेटका सर्वाधिक सफल कप्तान धोनीले सन् २००४ डिसेम्बर २३ मा चटगाउबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । पहिलो खेलमै उनी शुन्य रनमा आउट भए ।
सूरुवातमा धर्मराएको धोनीको क्रिकेट करियरले विस्तारै उडान भर्दै गयो । अन्तत उनी भारतीय क्रिकेटकै सर्वाधिक सफल कप्तानसम्म बने ।
धोनीले भारतलाई दुई पटक विश्वकप जिताएका छन् ।
पुर्व कप्तान र अनुभवी विकेट किपर ब्याट्सम्यान अन्तराष्ट्रिय क्रिकेटमा पुनरागमन गर्लान् वा सन्यास लैजालान् धेरैको चासो छ ।
सन् २०१९ को विश्वकपमा सुस्त ब्याटिङका कारण उनको आलोचना भयो । उनी न्युजिल्याण्डविरुद्व सेमिफाईनलमा आउट भए । त्यसपछि भारतको हातबाट खेल फुत्किएको धेरैले अनुमान गरेका थिए ।
भारतीय टिम विश्वकपबाट बाहिरिने बित्तिकै धोनीले अन्तराष्ट्रिय क्रिकेटबाट ब्रेक लिए । लगत्तै उनले आर्मी युनिटसंग कश्मिरमा १५ दिन बिताए ।
विश्वकपपछि उनी कुनैपनि अन्तराष्ट्रिय सिरिजमा सहभागी छैनन् । धेरैको अनुमान थियो, धोनीले सन् २०१९ को विश्वकपछि अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिनेछन्, तर त्यो भएन ।
भारतीय टिमका प्रशिक्षक रवि शास्त्रीले धोनीले पुनरागमन गर्ने संकेत गरेका छन् ।
भर्खरै शास्त्रीले ईन्डिया टुडेमा अन्तरवार्ता दिदै भनेका छन्, ‘धोनीले ब्रेक लिनु राम्रो निर्णय हो । मलाई त्यो समयको प्रतिक्षा छ, उनी दोस्रो पटक खेल्न सुरु गर्नेछन् ।’
‘मलाई लाग्छ उनी वान डे क्रिकेट खेल्न निकै उत्सुक छन् । उनले टेष्ट क्रिकेटबाट सन्यास लिईसकेका छन् । टी–२० विकल्प छ । यो सबै उनको अनुकुल छ । तर के उनको शरीर कडा चुनौतीको सामना गर्न सक्छ । यसको जवाफ उनीनै दिन सक्नेछन् ।’ उनले भनेका छन् ।
धोनीले टेष्ट क्रिकेटबाट सन्यास लिईसकेका छन् । धोनीले भारतबाट आफ्नो अन्तिम टेष्ट खेल डिसेम्बर २०१४ मा अष्ट्रेलियाविरुद्व मेलबर्नमा खेलेका थिए । योसंगै धोनीले आफ्नो अन्तिम टी–२० अन्तराष्ट्रिय खेल फेब्रुअरी २०१९ मा अष्ट्रेलियाविरुद्व बेङ्गलोरमा खेलेका थिए ।
विश्व क्रिकेटमा धोनी त्यस्ता एक्ला कप्तान हुन्, जसले आईसीसीका तीन ठुला उपाधि कब्जा गरेका छन् ।
धोनीले सन् २००७ मा वल्र्ड टी–२०, सन् २०११ मा विश्वकप र सन् २०१३ मा आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि जिताएका थिए ।
योसंगै भारत सन् २००९ मा टेष्ट क्रिकेटमा नम्बर एक टिम बनेको थियो ।

वान डे क्रिकेटमा धोनीले ३ सय ५० खेलमा ५० दशमलव ५७ को औसतमा १० हजार ७ सय ७३ रन बनाएका छन् । जसमा १० शतक र ७३ अर्धशतक छ । वान डे क्रिकेटमा उनले एकै ईनिङ्समा १ सय ८३ रन बनाएका छन् । उनले वान डेमा एक विकेट लिएका छन् । उनले १४ रन दिएर १ विकेट लिएका हुन् ।
टेष्ट खेलमा धोनीले अहिलेसम्म ९० खेलमा ३८ दशमलव ०९ औसतमा ४ हजार ८ सय ७६ रन बनाएका छन् । जसमा ७ शतक र ३३ अर्धशतक छ । योसंगै उनको उत्कृष्ट ईनिङ्स २ सय ४४ रन रहेको छ ।
टी–२० क्रिकेटमा धोनीले ९८ खेलमा ३७ दशमलव ६० को औसतमा १ हजार ६ सय १७ रन बनाएका छन् । जसमा २ अर्धशतक छ । उनले ५६ सर्वाधिक स्कोर गरेका छन् ।
(एजेन्सीकाे सहयाेगमा)