नवोदित च्याम्पियन
काठमाडौं । नवोदित कलेज ई–प्लानेट नेसनल कप फुटसलमा च्याम्पियन बनेको छ । शनिबार भएको फाइनलमा आयोजक नेसनल कलेजलाई ३–२ गोल अन्तरले हराएर नवोदित च्याम्पियन बनेको हो ।
बालुवाटारस्थित ढुकु फुटसल हवमा आयोजक नेसनलले लिएको सुरुवाती अग्रता उल्टाएर नवोदितले उपाधि जितेको हो । उपाधिसंगै नवोदितले ३५ हजार रुपैयाँसहित कूल ५० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको नेसनलले २० हजार रुपैयाँसहित कूल ३० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्यो ।
मुख्य प्रायोजक एजुकेसन प्लानेट (ई–प्लानेट) प्रालि तथा नेपाल एसबीआई बैंकको सह–प्रायोजनमा भएको प्रतियोगिताको उत्कृष्ट खेलाडी नेसनलका विक्रान्त नरसिंह राणा घोषित भए । त्यस्तै १० गोल गरेका नेसनलकै अनिस बस्नेतले सर्वाधिक गोलकर्ता र नवोदितका निशान राम्जाली उत्कृष्ट गोलकिपर घोषित भए ।
प्रतियोगितामा प्लस टु र ब्याचलर लेभलका ४० टोलीको सहभागिता रहेको थियो ।






-1759666509639.jpg&w=3840&q=75)



copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
-1761730672592.jpg&w=3840&q=75)


-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)
