क्यानोइङ वल्र्ड कपमा नेपालले खेल्ने
आइतबार, २२ मंसिर २०७६खेलपाटी संवाददाता
काठमाडौं। आईसीएफ वाइल्ड वाटर क्यानोइङ वल्र्ड कपमा सहभागी हुन ११ खेलाडीसहित १३ सदस्यीय नेपाली टोली सोमबार चीन जाने भएको छ ।
डिसेम्बर १३ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा सुमन तामाङ, सुरज गुरुङ, शक्तिकुमार गुरुङ, निशान गुरुङ, सुर्जन तामाङ, सौरभ राई, सञ्जय पुन, विक्रम गुरुङ, टकबहादुर गुरुङ, सविन गुरुङ र मोहन राणा रहेका छन् ।
व्यवस्थापकमा सुदिपराज गौतम तथा अफिसियलमा चन्द्रबहादुर दाहाल छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल र्याफटिङ एन्ड क्यानोइङ संघका कार्यवाहक अध्यक्ष राजीव श्रेष्ठलगायतले एक कार्यक्रम आइतबार बिदाइ गरे ।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



