सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

सुटिङमा नेपाल कास्य जित्नबाट बन्चित

शनिबार, मंसिर २१, २०७६खेलपाटी संवाददाता
सुटिङमा नेपाल कास्य जित्नबाट बन्चित
Classic Tech Internet Ad

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सुटिङको १० मिटर एयर राईफल टिम मिक्स इभेन्टमा कास्य जित्नबाट बन्चित भएको छ ।

सातदोबाटोस्थित सुटिङ रेन्जमा शनिबार मिक्स इभेन्टमा नेपालका कल्पना परियार र आर्नभ घिमिरेले कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । तर, उनीहरुको टिम पाकिस्तानसँग पराजित भए ।

पाकिस्तानका रइस नाद्रा र अदिल गुफ्रिनको टोलीले कास्य पदक हात पार्न सफल भए । पाकिस्तानी टिमले पदक भिडन्तमा १६ अंक ल्याउँदा नेपालका कल्पना र अर्नभको जोडीले ८ अंक मात्रै जोड्न सके ।
यस इभेन्टमा भारतले स्वर्ण पदक जित्दा बंगलादेशले रजत जितेको छ । भारतका मेहुली घोस एस बद्र्धानको जोडीले १७ अंक ल्याउँदा बंगलादेशका सायदा अटिका हसन र अब्दुल बकैको जोडीले ९ अंक ल्याएको थियो ।

यस्तै शनिबार नै भएको २५ मिटर रेपिड फायर पेस्तोल पुरुषको स्वर्ण पदक पनि भारतले नै जितेको छ । भारतका अनिसले ३१ अंकका साथ स्वर्ण पदक जितेक हुन् । यसैगरी पाकिस्तान वसिर गुलाम मुस्तफाले २२ अंकका साथ रजत पदक जित्द्या भारतका भावेस शेखवतले १८ अंकका साथ कास्य पदक हात पारे । यसैगरी पाकिस्तानका मवुल हुसेन तबसुम १३ अंकका साथ चौथो स्थानमा रहँदा पाकिस्तानकै मोहम्मद खलिल अख्तर १० अंकका साथ पाँचौ र ८ अंक जोडेका भारतका आदर्स सिंह छैटौं स्थानमा रहे ।

यसको टिम इभेन्टमा पनि भारतले नै स्वर्ण पदकमाथि कब्जा जमायो । भारतका अनिस, भावेस सेखवत र आदर्श सिंहको समूहले १७२१ अंकका साथ स्वर्ण पदक जितेको हो । यसैगरी पाकिस्तानले रजत तथा श्रीलंकाले कास्य पदक हात पारेको छ । पाकिस्तानका मवुल हुसेन तब्सुम, गुलाम मुस्तफा बसिर र मुहम्मद खलिल अख्तरको समूहले १६९९ अंकका साथ रजत पदक जितेको हो ।

श्रीलंकाका करुना हेरब, एम.के.के. वानसिंगे र डी.डी.के अरवालगेको समूहले १५८८ अंकका साथ कास्य पदक जितेको हो । बंगलादेशको टिम चौथो हुँदा नेपालको टिम पाँचौं स्थानमा रह्यो । बंगलादेशका सैफुल इस्लाम, अर्सद हुसेन र मोहम्मद रहेनुल इस्लामको समूहले १३९८ अंक बनाएको थियो । पाँचौं स्थानमा रहेको नेपाली टिमले १२८२ अंक जोडेको छ । नेपाली टिममा बदरुद्दिन अन्सारी, विपेश खड्का र सुकदेव चौधरी रहेका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

Bajaj Pulsar Motorcycle Ad
एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै