नेपाललाई २-१ को अग्रता
शनिबार, २१ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले अहिले माल्दिभ्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले २-१ को अग्रता बनाएको छ ।
खेलको ५१ औं मिनेटमा अनन्त तामाङले कर्नर बलमा हेड गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाए ।
यस अघि पहिलो हाफमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेको थियो ।
खेलको १८ औं मिनेटमा माल्दिभ्सका यू-१९ टिमका कप्तान समेत रहेका इब्राहिम महुदी हुसैनले गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ४३ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई खेलमा फर्काए । अभिषेकले डिबक्स बाहिरबाट भली गोल गरेका थिए ।








-1764560243138-1764573362763.webp&w=3840&q=75)
-1764668485959.png&w=3840&q=75)

-1764662383271.webp&w=3840&q=75)



