पौडीमा शाहको राष्ट्रिय कीर्तिमान
शनिबार, मंसिर २१, २०७६खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालका शयद हम्जा शाहले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
सातदोबाटोस्थित पौडी पोखरीमा शनिबार शाहले ५० मिटर ब्रेष्ट स्ट्रोकको हिट चरणमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
शाहले ३१.५५ सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाएका हुन् । उनले सुभम श्रेष्ठको नाममा रहेको ३१.६० सेकेण्डको कीर्तिमान भंग गरेका हुन् । सुभमले आठौं राष्ट्रिय खेलकुदमा कीर्तिमान बनाएका थिए ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


