कबड्डीमा भारत समूह विजेता
शुक्रबार, २० मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कबड्डीको महिलामा भारत राउन्ड रोविन लिगको विजेता हुँदै शुक्रबार फाइनलमा प्रवेश गरेको छ ।
भारतले नेपाललाई ४१–१९ ले पराजित गर्यो । पराजयका बावजुद नेपाल पनि समूह उपविजेताका रुपमा फाइनल प्रवेश गरिसकेको छ । दुवै टोली एक खेल अगावै बिहीबारै फाइनल पुगिसकेका थिए । शुक्रबारको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाएको हो । महिलामै बंगलादेश र श्रीलंका संयुक्त रुपमा तेश्रो भए ।
पुरुषको राउन्ड रोविन लिगमा श्रीलंकाले नेपाललाई ३४–२२ तथा भारतले पाकिस्तानलाई ४९–२२ ले पन्छाए ।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



