साइक्लिङ इलाइटमा भारतलाई स्वर्ण
शुक्रबार, २० मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङको इलाइट स्पर्धामा भारतले शुक्रबार दुई स्वर्ण जितेको छ ।
पुरुषको ३७ किलोमिटर दूरीमा भारतका जोन नभिन थोमसले निर्धारित दूरी ४९ मिनेट २२.२५० सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पारे । भारतकै पन्वार अर्विन्द ४९ मिनेट २९.५०० सेकेन्ड समयमा दोश्रो भए । तेश्रो स्थानका श्रीलंकाली मावाथा अभिशाले ५२ मिनेट १५.५४० सेकेन्डमा दौड पूरा गरे ।
महिलामा भारतकी इलाङबाम चाउबा देवी पहिलो भइन् । चाउबाले निर्धारित १८.५ किलोमिटर दूरी ३० मिनेट ४७.६४० सेकेन्डमा तय गरिन् ।
श्रीलंकाकी अदिकारी (३१ मिनेट २५.२३३ सेकेन्ड) दोश्रो तथा श्रीलंकाकै कुमारासिंगे (३१ मिनेट ३४.०७० सेकेन्ड) तेश्रो भए ।
साइक्लिङको अन्तिम दिन सोही स्पर्धाको पुरुषमा १ सय किलोमिटर तथा महिलामा ८० किलोमिटर दूरीमा प्रतिस्पर्धा हुने छ ।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



