फेन्सिङमा भारतलाई तीन स्वर्ण
शुक्रबार, २० मंसिर २०७६खेलपाटी संवाददाता
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फेन्सिङमा भारतले तीन स्वर्ण जितेको छ ।
शुक्रबार भारतले पुरुष इपी, पुरुष साबर र महिला फ्वेलमा स्वर्ण जितेको हो ।
पुरुष इपीमा भारतका सुनिल कुमारले स्वर्ण, भारतकै जयप्रकाश कोपराले रजत तथा बंगलादेशका मोहमद इम्तियाज र पाकिस्तानका सैदुद्दिन अलीले कांस्य जिते ।
पुरुषकै साबरमा भारतका करण सिंहले स्वर्ण जिते । उनले फाइनलमा भारतकै कुमरेसन पद्म गिसोनिधिलाई पराजित गरे । बंगलादेशका बिपुल मोहमद इफ्ता खरुल आलम र श्रीलंकाका रोसन अराचेगले कांस्य जिते ।
महिलाको फ्वेल स्पर्धामा पनि भारतले नै स्वर्ण जित्यो । भारतकी थोइबी देवी वाङ्गेलबमले स्वर्ण, भारतकै राधिका प्रकाश अवातीले रजत, बंगलादेशकी मोहिमा अख्तर र रमा सिंहले कांस्य जिते ।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



