कबड्डीमा नेपाल पहिलोपटक फाइनलमा
बिहिबार, १९ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला कबड्डीमा नेपाल फाइनलमा प्रवेश गरेको छ । सागको इतिहासमा कबड्डी टोली पहिलो पटक फाइनलमा पुगेको हो ।
चार राष्ट्र सहभागी राउन्ड रोविन लिगमा नेपालले बिहिबार श्रीलंकालाई २८–२४ ले पराजित गर्यो । भारत पनि बंगलादेशलाई ४७–१६ ले हराउदै फाइनलमा स्थान सुरक्षित गर्न सफल रह्यो ।
नेपाल र भारत एक खेल अगावै फाइनलमा पुगेका हुन् । राउन्ड रोविन लिगको अन्तिम खेलले शीर्ष दुई स्थानको टिमको टुंगो लगाउने छ ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा भइरहेको कबड्डीको पुरुषमा भारतले श्रीलंकालाई ४९–१६ तथा पाकिस्तानले बंगलादेशलाई ३७–२५ ले पन्छाए ।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



