• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
सागको पाँचौं दिन १७ खेल, कुन खेल कहाँ ?
खेलपाटी संवाददाता
बिहीबार, मंसिर १९, २०७६ खेलपाटी संवाददाता
सागको पाँचौं दिन १७ खेल, कुन खेल कहाँ ?

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पाँचौं दिन आज बिहिबार विभिन्न १७ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

सागको पाँचौं दिन काठमाडौं र पोखरा गरि कुल १७ खेलमा प्रतिस्पर्धा हुनेछ । १७ खेल मध्ये पाँच खेलको सुरुवात हुनेछ ।

चौंथो दिनसम्म भारतले ३७ स्वर्णसहित अग्रता बनाएको छ । २९ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।

सागमा बिहिबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल,ब्याडमिन्टन, क्रिकेट,फुटबल,गल्फ, ह्यान्डबल, कब्बडी, पौडी, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, टेनिस, बिच भलिबल, भारोत्तोलन, र उसुको प्रतिस्पर्धा हुनेछ ।

जसमा ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल,भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । अन्य खेल काठमाडौंमा हुनेछ ।

फुटबल :

सागको महिला फुटबलमा नेपालले माल्दिभ्सको सामना गर्दैछ । दिउसो २ बजे हुने खेल पोखरा रंगशालामा हुनेछ । यस अघि श्रीलंकाविरुद्ध १–० को झिनो गोल अन्तरले विजयी नेपाल माल्दिभ्सविरुद्ध सहज जितको खोजीमा हुनेछ ।

सागको पुरुष फुटबलतर्फ भुटान र माल्दिभ्सबीच पहिलो खेल हुनेछ । दोस्रो खेलमा श्रीलंकाले बंगलादेशको सामना गर्नेछ ।

क्रिकेट :

साग क्रिकेट अन्तर्गत पुरुष क्रिकेटमा बिहिबार दुई खेल हुँदैछ ।

टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा नेपालले भुटानसँग खेल्दैछ । नेपाल र भुटानको खेलको खेल बिहान ९ बजे सुरु हुनेछ । दोस्रो खेलमा माल्दिभ्सले श्रीलंका यू-२३ संग खेल्ने छ ।

पोखरामा हुने महिला क्रिकेटमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ ।

उसु :

उसुतर्फ बिहिबार १८ स्वर्णको लागि प्रतिस्पर्धा हुँदैछ । पुरुष र महिलातर्फ ६–६ (सान्डा –फाइट) हुँदैछ । जम्मा २२ स्वर्ण रहेको उसुको अन्तिम दिन बिहिबार सम्पूर्ण विधाको स्वर्ण छिनोफानो हुनेछ ।

सुटिङ :

सुटिङतर्फ महिला तथा पुरुष तर्फ दुई दुई विधामा फाइनल खेल रहेका छन् । महिलातर्फ थ्री बाई ४० तर्फ फाइनल हुनेछ भने एयर राईफल पुरुषतर्फ फाइनल खेल हुँदैछ ।

एथ्लेटिक्स :

एथ्लेटिक्सतर्फ बिहिबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा बिहान ९ बजेबाट सुरु हुने एथ्लेटिक्समा १४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । जसमा ६ खेलको फाइनल चरणको खेल हुनेछ ।

भारातोलन :

पोखरा रंगशालाको कभर्ड हलमा हुने भारोतोलनतर्फ तीन महिला र दुई महिला तर्फ गरि कुल ५ स्पर्धा हुनेछ । बिहान १० बजे महिला तर्फ ४५ केजी, १२ बजे पुरुषको ५५ केजी, दिउँसो २ बजे महिलाको ४९ केजी, ४ बजे पुरुष ६१ केजी र ६ बजे महिलाको ५५ केजीमा प्रतिस्पर्धा हुनेछ ।

टेबल टेनिस :

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहिबार विभिन्न स्पर्धामा खेल हुनेछ । बिहिबार नेपालले नेपालले मेन्स डबल्स र मिक्स डबल्समा गरि दुई कास्य पदक हात पारेको थियो ।

ह्याण्डबल :

ह्याण्डबलमा बिहिबार लिग चरणका खेल हुनेछन् । समूह 'ए' को पहिलो खेलमा पुरुषतर्फ नेपालले श्रीलंकासंग खेल्ने छ भने माल्दिभ्स महिला टिमले पाकिस्तान महिला टिमसंग खेल्ने छ । यस्तै समूह 'बी' तर्फ पुरुषमा बंगलादेश र माल्दिभ्स तथा नेपाल महिला टिम र श्रीलंकासंग खेल्ने छ ।

पौडी :

पौडीको पहिलो दिन नेपालले ८ ईभेन्टमा प्रतिस्पर्धा गर्नेछ ।
सातदोबाटोस्थित स्विमिङ पुलमा नेपालले पुरुष २ सय मिटर फ्रि–स्टिाईल, महिला २ सय मिटर फ्रि–स्टिाईल, पुरुष २ सय मिटर बे्रस्टस्ट्रोक, महिला २ सय मिटर बे्रस्टस्ट्रोकमा खेल्नेछ ।
यसैगरी पुरुष १ सय मिटर बटरफ्लाई, महिला १ सय मिटर बटरफ्लाई, पुरुष ४ गुणा १ सय मिटर फ्रि–स्टिाईल र महिला ४ गुणा १ सय मिटर फ्रि–स्टिाईलमा नेपालले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै, महिला २ सय मिटर फ्रि–स्टिाईलमा भने नेपाली पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्ने निश्चित भएसकेको छ । बाँकी ईभेन्टमा कुन खेलाडीले प्रतिस्पर्धा गर्ने भोलि टुङ्गो लाग्नेछ ।

बास्केटबल :

बास्केटबल आजबाट सुरु हुनेछ । आज दुवै महिला र पुरुषतर्फको खेल हुनेछ ।

पुरुष र महिला दुबैमा नेपालले बिहिबार बंगलादेशसँग खेल्नेछ । पुरुषको अर्को खेलमा भुटान श्रीलंका खेल्नेछ ।

कब्बडी :

कब्बडीतर्फ दुवै तर्फ बिहिबार लिग चरणमा खेल हुनेछ । एपीएफ मैदान हल्चोकमा चार खेल हुनेछ । जसमा नेपालको महिला टिमले श्रीलंकासनाग खेल्नेछ ।
कब्बडीको पुरुषमा ५ तथा महिलामा ४ टिम सहभागी छन्

बिच भलिबल :

पोखरामा हुने बिच भलिबलको पहिलो दिन विभिन्न ६ खेल हुनेछ । जसमा नेपालको पुरुषमा ४ खेल र महिलामा दुई खेल हुनेछ ।

बिहान ९ बजे मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडीले पाकिस्तानसँग खेल्नेछ । १० बजे नेपालका राजु बिक र सन्जु शाहको जोडीले पाकिस्तानकै टिमसँग खेल्नेछ ।

साढे एक बने मान र दिलको जोडीले श्रीलंकासँग खेल्नेछ । साढे २ बजे राजु र सन्जुको जोडीले श्रीलंकासँग खेल्नेछ ।

महिलामा साढे ३ बजे नेपालकी बिनिता बुढाथोकी र नेबिका चौधरीको जोडीले श्रीलंकासँग खेल्नेछ । यस्तै कोपिला उप्रेती र मनिषा चौधरीको जोडीले श्रीलंकासँग नै खेल्नेछ ।

ब्याडमिन्टन :

पोखरामा भईरहेको ब्याडमिन्टनतर्फ बिहिबार पनि विभिन्न इभेन्टको खेलहरु हुँदैछ । ब्याडमिन्टनमा बिहिबार नेपालले पुरुष सिंगल, डबल्स तथा मिक्स डबल्सको सेमिफाइनल खेलहरु हुनेछ ।

गल्फ :

गोकर्ण फरेस्ट गल्फ क्लबमा गल्फको प्रतिस्पर्धा बिहान १० बजेबाट सुरु हुनेछ । गल्फको दोस्रो दिन पुरुषमा नेपालका सुवास तामाङ र महिलामा श्रीलंकाकी ग्रेस यातावाराले अग्रता बनाएका छन् ।

गल्फको एकलतर्फ नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्दैछन् । महिलामा नेपाल, बंगलादेश र श्रीलंकागरी तीनदेशको मात्र सहभागिता रहेको छ । महिला टिम र एकल दुवैमा कम्तीमा सहभागी देशको कांस्य पदक पक्का भएको छ ।

टेनिस :

सातदोबाटोस्थित टेनिस कोर्टमा बिहिबार विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । बिहान ९ बजेपछि खेल सुरु हुनेछ ।

आर्चरी :

आर्चरी खेल बिहिबारबाट सुरु हुनेछ । पोखरामा हुने आर्चरीतर्फ नेपाल सहित भुटान, श्रीलंका र बंगलादेशको सहभागी हुनेछ ।

अन्तिम समयमा आएर पाकिस्तान भने सहभागी नहुने भएको छ । बिहीबार र्याङकिङ राउण्ड हुने छ । १० स्वर्ण पदकको लागि ५७ जना खेलाडीहरुले प्रतिस्प्रर्धा गर्ने छन् ।

आर्चरीमा भुटानका ९ जना खेलाडीहरु प्रतियोगितामा सहभागि हुदैछन भने अन्य तीन देशका १६÷१६ जना खेलाडीहरु सहभागि हुने भएका हुन् ।

तेक्वान्दो :

तेक्वान्दोतर्फ बिहिबार पनि प्रतिस्पर्धा हुनेछ । जसमा नेपालले केहि स्वर्ण जित्ने सम्भावना रहेको छ ।

बुधबार नेपालले तेक्वान्दोमा दुई स्वर्ण जितेको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पदक विजेता टोलीलाई स्वागत
पदक विजेता टोलीलाई स्वागत
कोशीलाई हक्की उपाधि
कोशीलाई हक्की उपाधि
ग्रेस ओभरअल च्याम्पियन
ग्रेस ओभरअल च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
इतिहास बनाएको नेपाल
इतिहास बनाएको नेपाल
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP