सुटिङ : भारतलाई दुई स्वर्ण
बुधबार, मंसिर १८, २०७६खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत सुटिङमा बुधबार भारतले दुई स्वर्ण जितेको छ ।
सातदोबाटोस्थित सुटिङ रेन्जमा महिलाको २५ मिटर एयर पेस्तोलमा भारतकी अनु राज सिंहले ३० अंक जोड्दै स्वर्ण जितिन् ।
यस्तै भारतकै शिओरन गौरीले २८ अंक जोड्दै रजत जितिन् । पाकिस्तानकी रबिया कबिरले २१ अंक जोड्दै कास्य जितिन् ।
यस्तै २५ मिटरको महिला टिम इभेन्ट्समा भारतले स्वर्ण जित्दा श्रीलंकाले रजत र पाकिस्तानले कास्य जितेको छ ।













-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)