खो खोमा नेपाललाई ऐतिहासिक रजत
बुधबार, मंसिर १८, २०७६खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत खो खोमा नेपालको महिला टिमले रजत पदक जितेको छ ।
कीर्तिपुरस्थित नयाँ बजारको कभर्डहलमा भएको फाइनलमा नेपाल भारतसँग १७-५ ले पराजित भयो । तर, नेपालले पहिलो पटक खो खोमा रजत जितेको हो ।
महिलातर्फ बंगलादेशले कास्य जित्यो ।
पुरुषतर्फ नेपालले कास्य पदक जितेको छ । नेपालले श्रीलंकालाई १३-७ ले हरायो ।
पुरुषमा भारतले स्वर्ण र रजत बंगलादेशले जित्यो ।













-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)