खो खोमा नेपाललाई ऐतिहासिक रजत
बुधबार, १८ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत खो खोमा नेपालको महिला टिमले रजत पदक जितेको छ ।
कीर्तिपुरस्थित नयाँ बजारको कभर्डहलमा भएको फाइनलमा नेपाल भारतसँग १७-५ ले पराजित भयो । तर, नेपालले पहिलो पटक खो खोमा रजत जितेको हो ।
महिलातर्फ बंगलादेशले कास्य जित्यो ।
पुरुषतर्फ नेपालले कास्य पदक जितेको छ । नेपालले श्रीलंकालाई १३-७ ले हरायो ।
पुरुषमा भारतले स्वर्ण र रजत बंगलादेशले जित्यो ।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



