• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
सागको चौंथो दिन १६ खेल, कुन खेल कहाँ ?
खेलपाटी संवाददाता
बुधबार, मंसिर १८, २०७६ खेलपाटी संवाददाता
सागको चौंथो दिन १६ खेल, कुन खेल कहाँ ?

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को चौंथो दिन आज बुधबार विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

सागको चौंथो दिन काठमाडौं र पोखरा गरि कुल १६ खेलको प्रतिस्पर्धा हुनेछ । सागको तेस्रो दिनसम्म नेपाल २३ स्वर्णसहित शीर्ष स्थानमा रहेको छ । भारत १९ स्वर्णसहित नेपाललाई पछ्याईरहेको छ ।

सागमा बुधबार एथ्लेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो,ट्रायथोलन, टेनिस, कब्बडी , ह्यान्डबल र उसुको प्रतिस्पर्धा हुनेछ ।

जसमा ब्याडमिन्टन, महिला क्रिकेट, ट्रायथलन र ह्यान्डबल पोखरामा हुन्छ । अन्य खेल काठमाडौंमा हुनेछ ।

फुटबल :

पुरुष फुटबलमा नेपालले श्रीलंकाको सामना गर्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपालले साँझ ५ बजे श्रीलंकासँग भिड्ने छ ।

मंगलबार भएको खेलमा नेपालले कप्तान सुजल श्रेष्ठको दुई गोल मद्धतमा भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो । फुटबलमा बुधबार एक मात्र खेल हुनेछ ।


क्रिकेट :

साग क्रिकेट अन्तर्गत महिलातर्फ बुधबार नेपालले टेष्ट राष्ट्र बंगलादेशसँग खेल्दै छ ।

पोखरा रंगशालामा हुने खेल बिहान १० बजे हुनेछ । महिलातर्फको अर्को खेलमा श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ ।

यस्तै टियु क्रिकेट मैदानमा हुने पुरुषतर्फ बंगलादेश यू-२३ ले माल्दिभ्स र श्रीलंका यू-२३ ले भुटानको सामना गर्नेछ ।

कराते :

बुधबार नेपालले करातेमा ४ स्वर्णको लागि प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोस्थित कराते हलमा हुने करातेमा नेपालले व्यक्तिगत कुमुते र टिम कुमुते गरी १३ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

पुरुष व्यक्तिगत कुमुतेतर्फ ५० केजीमा सोनाम लामा र महिलातर्फ ६८ केजीमा अनुपमा मगरले खेल्नेछिन् ।

यसैगरी महिला टिम कुमुतेतर्फ रिता कार्की, सनी तामाङ, एस्टर राई र अस्मिता वाईबाले खेल्नेछिन् । पुरुष टिम कुमुतेतर्फ बिनोद शाक्य, दिगम्बर पन्त, लेखनाथ मैनाली, सुशिल पौडेल, नबिन रसाईली, मुकुन्द महर्जन र अर्जुन बागचनले खेल्नेछन् ।

करातेमा नेपालले ९ स्वर्ण जिकिसकेको छ ।

उसु :

उसुमा बुधबार नेपालले दुई स्वर्णको लागि प्रतिस्पर्धा गर्दैछ । नेपालको पुरुषतर्फ दुई खेल रहेको छ । पुरुषतर्फ स्वर्ण पदकका लागि नेपालका थाउलोतर्फ दिपक हमाल र हरि प्रसाद गोले भिड्दैछन् ।

अन्य स्पर्धाको खेलहरु समेत हुनेछ । तर, स्वर्णको तय भने हुनेछैन ।

सुटिङ :

मंगलबारबाट सुरु भएको सुटिङतर्फ विभिन्न खेलहरु हुँदैछ । सातदोबाटोस्थित सुटिङ हलमा बुधबार विभिन्न स्पर्धामा खेलहरु हुनेछ ।
सुटिङमा नेपाल पदक विहिन रहेको छ ।


तेक्वान्दो :

तेक्वान्दोमा बुधबार विभिन्न खेलहरु हनेछ । ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा बुधबार गेरुगीतर्फ प्रतिस्पर्धा हुनेछ ।

तेक्वान्दोको अहिलेसम्म ९ स्वर्ण जितिसकेको छ ।

एथ्लेटिक्स :

एथ्लेटिक्सतर्फ बुधबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । काठमाडौंको दशरथ रंगशालामा बिहान ९ बजेबाट एथ्लेटिक्सको ९ स्पर्धा सुरु हुनेछ ।

खो खो :

खो खोको महिलातर्फको उपाधिका लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने छ । सेमिफाइनलमा नेपालले बंगलादेशलाई ७–६ ले पराजित गर्दा भारतले श्रीलंकालाई २५–१ को फराकिलो अन्तरले हराएको थियो ।

पुरुषतर्फ बंगलादेश र भारतले प्रतिस्पर्धा गर्नेछ । नेपालले तेस्रो स्थानको लागि श्रीलंकासँग खेल्नेछ ।

ब्याडमिन्टन :

पोखरामा हुने ब्याडमिन्टनतर्फ बुधबार एकल तथा टिम इभेन्टको खेलहरु हुँदैछ । नेपालले एकलमा खराब प्रदर्शन गर्दा डबल्स र मिक्स डबल्समा सुधारिएको प्रदर्शन गरिरहेको छ ।

नेपालले सोमबार पुरुष र महिला टिमको दुवै स्पर्धामा कास्य जितेको थियो ।

गल्फ :

गोकर्ण फरेस्ट गल्फ क्लबमा बिहान १० बजेबाट खेल सुरु हुनेछ । पुरुष ब्यक्तिगततर्फ नेपालका शुक्र बहादुर राईले अग्रता बनाएका छन् । पुरुष टिममा पनि नेपालले अग्रता बनाएको छ ।

गल्फको एकलतर्फ नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्दैछन् । महिलामा नेपाल, बंगलादेश र श्रीलंकागरी तीनदेशको मात्र सहभागिता रहेको छ । महिला टिम र एकल दुवैमा कम्तीमा सहभागी देशको कांस्य पदक पक्का भएको छ ।

टेबल टेनिस :

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबार विभिन्न स्पर्धामा खेल हुनेछ । मंगलबार नेपालले पुरुष टिममा रजत र महिला टिममा कास्य जितेको छ ।

टेनिस :

सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । टिम इभेन्ट्सको पुरुष र महिलातर्फ नेपालको दुवै टिम बाहिरिसकेको छ ।

ट्रायथलन :

पोखरामा आयोजना हुने ट्रायथलन अन्तर्गत बुधबार १ स्वर्णको लागि खेल हुनेछ ।

मिक्स टिम रिलेतर्फ नेपाल, भारत र श्रीलंकाका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । मिक्स टिम रिलेमा प्रत्येक देशका २ पुरुष र २ महिलासहितको एक÷एक टिम रहनेछ । रिलेमा ३ सय मिटर पौडी, ६ किलोमिटर साईकिलिङ र २.५ किलोमिटर दौडको दुरी तय गरिएको छ ।

यस अघि नेपालले दुई स्वर्ण जितिसकेको छन् ।

ह्यान्डबल :

पोखरामा ह्यान्डबल बुधबार सुरु हुनेछ । पहिलो दिन चार खेल हुनेछ ।

महिलातर्फ नेपालले श्रीलंकासँग खेल्दा भारतले माल्दिभ्सको सामना गर्नेछ । पुरुषतर्फ नेपाल र श्रीलंका तथा भारत र बंगलादेशबीच खेल हुनेछ ।

साइक्लिङ :

साग अन्तर्गत साइक्लिङतर्फ बुधबार विभिन्न स्पर्धाको सुरु हुनेछ । साइक्लिङको प्रतिस्पर्धा सहिद पार्क गोकर्णमा हुनेछ ।

कब्बडी :

कब्बडीको खेल बुधबारबाट सुरु हुनेछ । कब्बडी एपीएफ मैदानमा खेल्नेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भेट्रान राइडर बिक्रमलाई जापानमा उपाधि
भेट्रान राइडर बिक्रमलाई जापानमा उपाधि
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
विश्वकपको रजत विजेता खो खो टिम उत्कृष्ट
विश्वकपको रजत विजेता खो खो टिम उत्कृष्ट
सुमनले जिते र्‍यापिड चेसको उपाधि
सुमनले जिते र्‍यापिड चेसको उपाधि
नेपालले विश्व युथ स्क्रेबल च्याम्पियनसिप खेल्ने 
नेपालले विश्व युथ स्क्रेबल च्याम्पियनसिप खेल्ने 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भेट्रान राइडर बिक्रमलाई जापानमा उपाधि
भेट्रान राइडर बिक्रमलाई जापानमा उपाधि
हम्जा नेपाल आउने वा नआउने अझै निश्चित भएन
हम्जा नेपाल आउने वा नआउने अझै निश्चित भएन
नेपाल ‘ए’ ले जित्यो सिरिज
नेपाल ‘ए’ ले जित्यो सिरिज
नेपाली राष्ट्रिय टोलीको भविष्य बंगलादेशको हातमा !
नेपाली राष्ट्रिय टोलीको भविष्य बंगलादेशको हातमा !
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP