ट्रायथोलनका विजेतालाई पुरस्कारको घोषणा
मंगलबार, १७ मंसिर २०७६खेलपाटी संवाददाता
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ट्रायथोलनमा पदक विजेता नेपाली खेलाडीलाई पुरस्कारको घोषणा भएको छ ।
गण्डकी प्रदेशका साँसद एवं नेपाल ट्रायथोलन संघका उपाध्यक्ष दीपक कोईराला र बाराही फाउन्डेशनका अध्यक्षले पदक विजेतालाई पुरस्कारको घोषणा गरेका हुन् ।
मंगलबार घोषणा गरेको पुरस्कार अनुसार स्वर्ण प्राप्त गर्नेलाई २५ हजार, रजतलाई १५ हजार र १० हजार प्रदान गरिनेछ ।
यस अघि नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले स्वर्ण विजेता सोनी गुरुङलाई १ लाख नगद पुरस्कारको घोषणा गरेका थिए ।
ट्रायथोलनमा नेपालका हिमाल टमटा र सोनी गुरुङले स्वर्ण जित्दा लक्ष्मण मल्लले रजत जितेका थिए ।
बसन्त थारु र हुमि बुढा मगरले कास्य जितेका छन् ।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



