• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
१३ औं सागको औपचारिक उद्घाटन
खेलपाटी संवाददाता
आइतबार, मंसिर १५, २०७६ खेलपाटी संवाददाता
१३ औं सागको औपचारिक उद्घाटन

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन सम्पन्न भएको छ ।

नेपालले तेस्रो पटक आयोजना गरेको सागको राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गरेकी हुन् ।

‘१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता औपचारिक रुपमा उद्घाटन भएको घोषणा गर्छु ।’ उद्घाटन सत्रलाई सम्बोधन गर्दै भण्डारीले भनिन् ।

सागको उद्घाटन राष्ट्र प्रमुखबाट गर्ने प्रचलन रहेको छ । सोही अनुसार राष्ट्रपति भण्डारी प्रतियोगिताको उद्घाटन गरेकी हुन् ।

राष्ट्रपतिको घोषणासंगै दक्षिण एसियाली खेलकुदको महाकुम्भ मेलाको औपचारिक रुपमा सुरु भएको छ ।

दक्षिण एसियाका ७ राष्ट्रले सहभागीता जनाउने प्रतियोगिताको १३ औं संस्करण काठमाडौं, पोखरा र जनकपुरमा सञ्चालन हुनेछ । सहभागी देशले कुल २६ खेलका विभिन्न स्पर्धामा आफ्नो चुनौती प्रस्तुत गर्नेछन् ।

नेपालले तेस्रो पटक सागको आयोजना गरेको हो । सन् १९८४ मा नेपालबाट सुरु भएको सागको दोस्रो संस्करण सन् १९९९ मा काठमाडौंमा भएको थियो ।

सन् २०१६ मा भारतको गुहाटी र सिलोङ भएको सागबाट नेपालले १३ औं संस्करण आयोजना गर्ने जिम्मेवारी लिएको थियो । प्रत्येक दुई बर्षमा आयोजना हुने प्रतियोगिता नेपालले निर्धारित मितिमा आयोजना गर्न सकेन ।

नेपालले तेस्रो तथा अन्तिम पटक सारिएको मितिमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

सोही अनुसार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंंगशालामा एक भब्य कार्यक्रमका बीच प्रतियोगिताको उद्घाटन भएको हो ।

कार्यक्रमको सुरुमा स्वागत मन्तव्य राख्दै दक्षिण एसियाली ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले प्रतियोगितामा भाग लिन सात देशबाट आएका खेलाडी तथा अफिसियललाई शुभकामना दिए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालले नेपालले ठुला प्रतियोगिताको आयोजना गर्न सक्छ भन्ने सन्देश सागले दिन सफल भएको बताए । उनले सन् २०२० मा नेपालले मनाउन लागेको पर्यटन बर्षलाई सफल बनाउन साग सहयोगी हुने धारणा राखे ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रतियोगिताको सफल आयोजनाको शुभकामना दिएका थिए ।

कीर्तिमानी तेक्वान्दो खेलाडी दिपक विष्टले सागको दिप प्रज्वलन गरेका थिए भने क्रिकेटका पुर्व कप्तान पारस खड्काले खेलाडीको तर्फबाट खपथ खाएका थिए । यस्तै दिपक थापाले रेफ्री तथा निर्णायकको तर्फबाट शपथ लिएका थिए ।

सागमा भारत्तोलनका एक मात्र स्वर्णधारी ओलम्पियन कमलबहादुर अधिकारीले मार्चपासमा नेपालको झण्डा बोकेका थिए ।

उद्घाटन सत्रमा नेपालको कला, संस्कृति र पहिचान झल्कने विभिन्न सांस्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो । साथै प्रकाशको प्रर्दशनी तथा आतिशबाजीले कार्यक्रमलाई भब्य बनाएको थियो ।

नेपालमा सञ्चालन भएको साग मंसिर १५ बाट सुरु भएर २४ गतेसम्म सञ्चालन हुनेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि प्रशिक्षण
खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि प्रशिक्षण
हाप्किडोमा नेपाललाई २ स्वर्ण र १ रजत पदक
हाप्किडोमा नेपाललाई २ स्वर्ण र १ रजत पदक
मोटर र्याली तथा अटो जिमखाना शनिबार हुने
मोटर र्याली तथा अटो जिमखाना शनिबार हुने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP