सागमा १८ हजारबढी सुरक्षाकर्मी परिचालन हुने
बिहिबार, १२ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा १८ हजारबढी सुरक्षाकर्मी खटिने भएका छन् ।
साग आयोजक समितिले बिहिबार पत्रकार सम्मेलन गर्दै सागमा १८ हजारबढी सुरक्षाकर्मी परिचालन गरिने जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले सागमा १८ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने बताए । जसमा काठमाडौंमा १६ हजार र बाँकी सुरक्षाकर्मी पोखरा र जनकपुरमा खटिने छन् ।
साग औपचारिक रुपमा आइतबारबाट सुरु हुनेछ ।










%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)


