नेपालको शानदार सुरुवात

बंगलादेशविरुद्ध सट प्रहार गर्दै प्रतिभा माली । तस्बिर - रमेश सुवेदी
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बुधबार भएको उद्घाटन खेलमा बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले शानदार सुरुवात गरेको हो ।
तुलनात्मक रुपमा कमजोर टिम बंगलादेशविरुद्ध नेपालले पहिलो सेट २५-९ ले सहजै जितेको थियो ।
यस्तै दोस्रो सेटमा पनि २५-९ मा जित निकालेको नेपालले अन्तिम सेट २५-११ ले आफ्नो बनाउदै बंगलादेशविरुद्ध एक पक्षिय जित निकालेको हो ।

नेपाललाई सहज जित दिलाउन स्पाइकर प्रतिभा मालीले १९ अंकको योगदान गरिन् । यस्तै सरस्वती चौधरीले १३ अंकको योगदान दिईन् ।
जितसँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ । र, नेपालले समूह 'ए' मा २ अंक जोडेको छ ।
अब नेपालले बिहिबार समूह चरणको अन्तिम खेलमा भारतसँग खेल्नेछ ।













-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)

