मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

साग विशेष – फाईनल खेल्ने कबड्डीको धोको

बुधबार, मंसिर ११, २०७६विश्वास थापा
साग विशेष – फाईनल खेल्ने कबड्डीको धोको
Classic Tech Internet Ad

काठमाडौं । एक समय कबड्डी नेपालको राष्ट्रिय खेल थियो । शहर भन्दा गाउँका कुनाकन्दरामा कबड्डी प्रिय थियो । राष्ट्रिय खेल भएपनि राज्यको नजरमा यसले विशेष प्राथमिकता कहिल्यै पाएन । अन्तराष्ट्रिय सहभागीताको लामो ईतिहासमा समेत यसले खासै सफलता हात पार्न सकेको छैन ।

खेलकुद संघ धेरैका लागि राजनीतिमा उक्लिन भर्याङ्ग बनेको छ । कबड्डी यस हिसावले त्यही चरित्रबाट प्रताडित छ । नेतृत्वमा जतिनै शक्तिशाली पात्र आएपनि कबड्डीले मैदानमा रंग फेर्न सकेको छैन ।

ईतिहास –
सन् १९८५ मा दोस्रो संस्करणको सागबाट कबड्डीमा नेपाल नियमित सहभागी छ । सन् १९९१ मा कोलम्बोमा भएको सागमा कबड्डी समावेश गरिएन । तर त्यसपछि हरेक संस्करणमा कबड्डी समावेश हुदै आएको छ । नेपाल समेत रहेक संस्करणमा सहभागी छ । नेपालले सन् २०१० को ढाकामा भएको सागमा कास्य जित्न सफल भएको थियो ।

सो संस्करणमा नेपालले २ कास्य पदक जितेको हो । महिला र पुरुष दुवै टिमले नेपाललाई एतिहासिक पदक दिलाएका थिए । त्योनै नेपालले कबड्डीमा हात पारेको सबैभन्दा ठुलो उपलब्धी हो ।

तयारी र लक्ष्य –
नेपालले १३ औं सागमा स्वर्णको लक्ष्य सहित अन्तिम तयारी गरिरहेको छ । साग जित्ने लक्ष्य सहित खेलाडीलाई वैदेशिक प्रशिक्षण सहितको तयारी गराईरहेको नेपाल कबड्डी संघका महासचिब विनोद प्रजापति बताउँछन् ।

‘नेपालमा मात्र नभएर खेलाडीले भारतको स्तरीय क्लबसंग मैत्रीपूर्ण खेल खेलेका छन् ।’ महासचिब प्रजापतिले भने, ’यस पटक कम्तिमा फाइनल खेल्ने विश्वास छ ।’

करिब एक महिना कबड्डीको टिमले भारतमा अभ्यास गरेको थियो ।

खेलाडी उत्कृष्ट लयमा रहेको भन्दै नतिजा समेत उत्कृष्ट निस्कने प्रजापति विश्वास गर्छन् ।

भारत माथिल्लो स्तरको टोली भएका कारण कम्तिमा फाईनल खेल्ने योजना रहेको उनी सुनाउँछन् । ‘बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तानको स्तर हाम्रो जस्तै हो ।’ उनले भने, ’तर अन्य राष्ट्रले राम्रो तयारी नगरेको जानकारी पाएका छौं । भारतलाई हराउन सके स्वर्ण जित्न सकिन्छ भन्ने लागेको छ ।’

उनका अनुसार नेपालको बलियो पक्ष खेलाडीको मेहनत र आत्मविश्वास हो ।

‘घरेलु कोर्ट र समर्थकको साथले सागमा एतिहासिक प्रर्दशन हुने विश्वास रहेको छ ।’ उनले भने, ‘तर खेलाडीको शारीरिक बनावट अन्य देशको भन्दा भिन्न भएको कारण पछि पर्ने डर समेत छ ।’

कबड्डी टिम

पुरुष –

लालमोहर यादव
प्रविन खड्का
रञ्जित गजमेर
रामु टमटा
रामप्रसाद महतो थारु
कल्याण भुजेल
पदम बहादुर बिष्ट
बिनोद तामाङ
जय बहादुर बोहरा
प्रदीप मिजार
कुमार लामा

अजय मानन्धर  

महिला –
मेनुका राजवंशी
जयन्ती बडु
मानमती बिष्ट
अनुजा कुलुङ राई
हरिना थापा
कोषमाया बस्नेत
कमला थापा
सुदा गिरी
सरिता भुजेल
रबिना चौधरी
गङ्गा धामी
कुश्तिका चौधरी
 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

Bajaj Pulsar Motorcycle Ad
नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो