सागमा टेलिभिजनले भिडियो खिच्न पाउने

काठमाडौं । नेपालमा अर्को साताबाट सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा टेलिभिजन लगायतका नेपालका संचार माध्यमले फोटो र भिडियो खिच्न पाउने भएका छन् ।
नेपाल ओलम्पिक कमिटी (एनओसी)ले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै टेलिभिजन लगायत संचार माध्यमले तोकिएको स्थानबाट फोटो र भिडियो खिच्न पाउने जनाएको छ ।
तर, एनओसीले खेलको प्रत्यक्ष प्रसारण गर्न नपाउने तथा भिडियो फुटेज व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न नपाउने जनाएको छ । यस्तै टेलिभिजनले खिचेको भिडियो समचारमा एक मिनेट मात्र प्रसारण गर्न पाउने समेत जनाईएको छ ।
‘टेलिभिजनमा समाचार प्रसारणको लागि नेपाल खेलकुद पत्रकार मञ्चलगायतका पत्रकार मित्रहरूबाट प्राप्त सुझावलाई मनन् गर्दै खेलकुद आयोजना र खेलाडी विकासलाई व्यावसायिक गर्दै लैजाने उद्देश्यसहित भएको यस सम्झौतालाई असर नपर्ने गरी कार्यान्वयन गर्न हामी सहमत भएका छौं,’ कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, प्रत्यक्ष प्रसारण गर्न नपाइने र कुनै पनि व्यावसायिक प्रयोजनमा प्रयोग गर्न नपाउने गरी टेलिभिजनमा १ मिनेटमात्र प्रसारण गर्न पाउने गरी नेपाल ओलम्पिक कमिटीबाट वितरण गरिएको एक्रिडेसन कार्ड भएका फोटो पत्रकारले खेलस्थलको तोकिएको स्थानमा रही छायाङ्कन गर्न पाउनेछ।’
यस अघि सागको प्रत्यक्ष प्रसारण अधिकार भारतीय कम्पनि एनके भेन्चर प्रालिलाई ८ कराेड रुपैयाँमा बेचेपछि नेपाली मिडियालाई प्रतियोगिताको भिडियो र फोटो लिन बन्देज गरिएको थियो । जसको चौतर्फी आलोचना भएको थियो ।
भिडियो र फोटोमा बन्देज गरेपछि नेपाली खेलकुद पत्रकारको साँझ संस्था नेपाल खेलकुद पत्रकार मञ्चले एनओसीलाई बन्देज फुकुवा गर्न ज्ञापनपत्र बुझाएको थियो ।
साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा हुँदैछ ।












%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

