साग विशेष : साइक्लिङमा स्वर्ण सम्भावना

काठमाडौं । साइक्लिङ नेपाल भित्रिएको धेरै समय भयो । तराई मधेशमा साईकल अतिआवश्यक साधन पनि हो । तर प्रतियोगिताको रुपमा यसले रुप धारण गर्न निकै समय लगायो ।
सन् २०१६ मा पहिलो पटक नेपालले सागमा साइक्लिङमा सहभागीता जनाएको हो । सागमा समेत साइक्लिङ ढिलै प्रवेश गरेको हो । रोड साइक्लिङमा नेपालले धेरै मेहनत गर्न बाँकीनै छ । तर, माउन्टेन साइक्लिङमा नेपालको उपाधि सम्भावना धेरै छ ।
पछिल्लो समय नेपालमा फस्टाएको माउन्टेन साइक्लिङको प्रभाव सागको नतिजामा देखिने धेरैको विश्वास छ ।
इतिहास –
सन् १९२५ मा साइक्लिङ खेलमा रुपमा नभएर एक साधनको रुपमा नेपाल भित्रिएको थियो ।
त, सन् १९९५ मा नेपाल माउन्टेन बाईक एसोसियसन स्थापना भएसँगै नेपालमा साइक्लिङ खेलको रुप लियो ।
साइक्लिङमा विभिन्न विधा भएकाले सन् २००० मा नेपाल माउन्टेन बाईक एसोसियसनलाई नाम परिवर्तन गरेर नेपाल साइक्लिङ एसोसियसन राखिएको हो ।
सन् १९९५ मा साइक्लिङ नेपाल भित्रिएसँगै नेपालले विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।
नेपालले पहिलो पटक भारतको गुवाहाटीमा भएको १२ औं सागमा साइक्लिङमा सहभागिता जनाएको हो । पहिलो सहभागितामा अनुभवमै मात्र सिमित बन्यो । अर्थात नेपालले पदक जित्न भने सकेन ।
कारण नेपालका खेलाडी माउन्टेन बाईकका थिए । खेल भने रोड साइक्लिङको रहेको थियो ।
नेपालले रोड साइक्लिङमा एउटा पनि पदक जितेको छैन । तर माउन्टेन बाईकमा भने स्वर्णपदक जितिसकेको छ ।
गत वर्ष भारतमा आयोजना भएको हिमाञ्चल च्याम्पियनसिपमा नेपालकी लक्ष्मी मगरले स्वर्णपदक जितेकी थिईन् ।
यसैगरी अन्तराष्ट्रिय प्रतियोगितामा माउन्टेन बाईकले उपाधि हात पारेको छ ।
तयारी –
१३ औं सागलाई लक्षित गरी साइक्लिङले साउनबाट प्रशिक्षण सुरु गर्यो । तयारी अब अन्तिम चरणमा पुगेको छ । सागको तयारीका लागि साइक्लिङले दुई विदेशी थाई प्रशिक्षक ल्याएको छ । साइक्लिङमा माउन्टेन क्रस कन्ट्री र रोड साइक्लिङमा खेलाडीले प्रशिक्षण गरिरहेका छन् ।
सागको तयारी अन्तिम चरणमा पुगेपनि प्रशिक्षणलाई आवश्यक पर्ने सामाग्री अझैपनि आईपुगेको छैन । आवश्यक सामग्रीको माग गरिएपनि अहिलेसम्म नपाएको साइक्लिङका अध्यक्ष गोपाल सुन्दर कक्षपतीले बताएका छन् ।
‘साइक्लिङलाई चाहिने सामग्री राखेपमा माग गरेका छौ तर अहिलेसम्म पाएको छैन ।’ उनले भने ।
परिषदबाट सामग्री नपाएपछि खेलाडीले संघसँग उपलब्ध सामाग्री तथा खेलाडीले आफ्नै बाईक र साइकलबाट अभ्यास गरिरहेका छन् ।
नेपालमा आयोजना हुने १३ औं सागमा पहिलोपटक माउन्टेन बाईक स्पर्धा समावेश गरिएको छ । माउन्टेन बाईकमा राम्रो मानिने नेपाली खेलाडीलाई साग खेलकुद अवसर पनि हो । सोही कारण स्वर्ण ल्याउने लक्ष्यका साथ साइक्लिङका खेलाडी तयारीमा जुटेका छन् ।
बलियो पक्ष –
साग आफ्नै घरेलु मैदानमा आयोजना हुनु र घरेलु दर्शकको अगाडी खेल्न पाउनुले खेलाडीको मनोबल उच्च देखिन्छ । माउन्टेन बाईकमा निकै राम्रो मानिने नेपाली खेलाडीलाई सो विधा समावेश भएकाले धेरै फाइदा पुग्नेछ ।
पदकको सम्भावना –
माउन्टेन बाईकमा निपूर्ण नेपाली खेलाडीको पदकको सम्भावना बढी देखिन्छ । माउन्टेन बाईकमा अन्तराष्ट्रिय स्वर्ण जितेको हुदाँ सागमा स्वर्णको सम्भावना उच्च छ ।
‘पदकको सम्भावना बढी हुने खेलाडीको नाम लियो भने अरु खेलाडीलाई नराम्रो लाग्छ । आत्मविश्वास घट्छ ।’ पदक सम्भावनाबारे अध्यक्ष कक्षपती भन्छन्, ‘सबै खेलाडी बराबर छन् । हाम्रो माउन्टेन बाईकमा स्वर्ण ल्याउने लक्ष्य छ । त्यसमा आशावादी छौ ।’
नेपालले रोड साइक्लिङमा दोस्रो पटक सहभागिता जनाउन लागेको हो । सो स्पर्धाले नेपालको स्तरको जाँच हुने संघले जनाएको छ ।
सागमा माउटेन्टतर्फ जम्मा चार स्वर्ण छ । संघले दुवै स्पर्धाबाट कम्तिमा तीन स्वर्ण पदकको आशा गरेको छ ।
‘रोड साइक्लिङमा दोस्रो सहभागिता भएकाले पदक भन्न मिल्ने अवस्था छैन । तर माउन्टेनमा राम्रो नतिजाको आश छ ।’ उनले भने ।
साग खेल्ने साइक्लिङका खेलाडी -
(पुरुष)
प्रताप थापा
सुरज राणा
एलिन महर्जन
कुमार तामाङ
ओकेश राज बज्राचार्य
राजिव राई
राजेश मगर
प्रचित थापा मगर
(महिला)
आशा लिम्बु
इन्द्रकुमारी तामाङ
अनिषा गुरुङ
लक्ष्मी मगर
उषा खनाल
निश्मा श्रेष्ठ
जमुना थापा











%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

