एजेन्सी । जेडोन साञ्चोले एक गोल गर्नुका साथै थप एक गोलको अवसर सिर्जना गरेपछि बोरुसिया डर्टमण्डले बुन्डेशलिगामा बराबरीको नतिजा निकालेको छ ।
शुक्रबार भएको खेलमा डर्टमण्डले पाडेरबोर्नसंग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
पाहुना टोलीले पहिलो हाफमा डर्टमण्डविरुद्व ३–० को अग्रता लिएको थियो ।
स्ट्रेली माम्बाले दुई तथा जेरिक होल्टम्यानले एक गोल गर्दै पाहुना टोलीलाई अप्रत्यासित अग्रता दिलाएका थिए ।
तर ईङ्ल्याण्डका फरवार्ड साञ्चोले दोस्रो हाफमा प्रभाव जमाउँदा घरेलु टोली डर्टमण्डले अंक खोस्न सफल भएको थियो ।

साञ्चोले ४७ औ मिनेटमा गोल गर्दै डर्टमण्डको गोल अन्तर घटाउने काम गरेका थिए ।
८४ औ मिनेटमा एक्सल विटसेलले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरे ।
ईन्जुरी समयमा साञ्चोको पासमा मार्को रिउसले गोल गर्दै डर्टमण्डलाई अंक दिलाउन सफल रहे ।
तालिकाको पुछारमा रहेको १२ खेलबाट ५ अंक जोडेको छ ।
बोरुसिया २० अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।