काठमाडौं । युएईमा जारी टी-१० क्रिकेट लिगको सुपर लिग अन्तर्गत अहिले नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने र पूर्व कप्तान पारस खड्का रहेको टिमबीच प्रतिस्पर्धा भईरहेको छ ।
आबु धाबीस्थित शेख जायद स्टेडियममा पारसको टिम आबु धाबीले टस जितेको छ र पहिले ब्याटिङ रोजेको छ । सन्दीपको टिम कर्नाटका टुसकेर्सले बलिङ गरिरहेको छ ।
आज पारस प्लेईङ सेटमा परेका छन् । पारस तीन खेलपछि प्लेईङ सेटमा परेका हुन् । यस अघि सुरुवाती दुई खेलपछि पारस टिम बाहिर रहदै आएका छन् ।
सन्दीप भने प्लेईङ सेटमा परेका छैनन् । पाँच खेलपछि सन्दीप टिम बाहिर रहेका हुन् ।
प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवै टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छ । किनकी सुपर लिगमा दुवै टिमको प्रदर्शन खराब रहदै आएको छ ।
सन्दीपको टिम कर्नाटका ५ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ । पारसको आबु धाबी भने ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
