एजेन्सी । पाहुना टिम बंगलादेशविरुद्धको दोस्रो टेष्ट क्रिकेटको पहिलो दिन भारतले सामान्य अग्रता बनाएको छ ।
कोलकातामा बंगलादेशलाई सस्तैमा समेटेर पहिलो इनिङ्स थालेको भारतले शुक्रबारको खेल सकिदा ३ विकेट गुमाएर १ सय ४७ रन बनाएको छ ।
डे नाइट र पिंक बल प्रयोग गरिएको टेष्टको पहिलो दिनको खेल सकिदा भारतले ६८ रनको अग्रता बनाएको छ ।
भारतका लागि कप्तान विराट कोहलीले ५९ रनको अर्धशतकीय इनिङ्स खेल्दै अविजित रहेका छन् । यस्तै अजिन्का रहाने २३ रन बनाएर कोहलीलाई साथ दिईरहेका छन् ।
यस अघि भारतका चेतेश्वर पुजारा ५५, रोहित शर्मा २१ र मायांक अग्रवाल १४ रनमा आउट भए ।
बंगलादेशका इबाडट हुसेनले २ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश १ सय ६ रनमा अलआउट भएको थियो ।
बंगलादेशका लागि शादमन इस्लामले २९ रन बनाए । यस्तै रिटायर्ट हर्ट भएका लिटोन दासले २४ तथा नायम हसनले १९ रन जोडे ।
बंगलादेशलाई सस्तैमा समेट्न भारतका इशान्त शर्माले २२ रन खर्चेर ५ विकेट लिए । उमेश यादवले ३ तथा मोहमद शामीले २ विकेट लिए ।