काठमाडाैं । रुस्लान थ्री स्टार क्लब राजधानीमा जारी चन्द्रागिरी गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै थ्री स्टार सेमिफाइनलमा पुगेको हो ।
चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा थ्री स्टारलाई जित दिलाउन रुपेश केसीले निर्णायक गोल गरे । खेलको इन्जुरी समयमा रुपेशले गोल गर्दै थ्री स्टारलाई अन्तिम चारको यात्रा तय गराएका हुन् ।
अब थ्री स्टारले सेमिफाइनलमा सरस्वती र एपीएफबीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगिताको विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ । सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।