काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा पाकिस्तानले प्रतिस्पर्धा नगर्ने भएको छ ।
पाकिस्तानले सहभागिता नजनाउने भएपछि पुरुष फुटबलमा अब ६ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
पुरुष फुटबलमा नेपाल, भारत, श्रीलंका, माल्दिभ्स, भुटान र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् ।
पुरुष फुटबलतर्फ १२ औं सागमा नेपालले स्वर्ण जितेको थियो । नेपालले आयोजक भारतलाई हराएर स्वर्ण जितेको थियो ।
साग मंसिर १५ देखि १४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुनेछ ।
पुरुष फुटबल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।