काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा चार राष्ट्रले मात्र प्रतिस्पर्धा गर्ने भएको छ ।
महिला फुटबलमा पाकिस्तान, भुटान र बंगलादेशले सहभागिता नजनाउने भएको छ ।
तीन राष्ट्रले नखेल्ने भएपछि अब महिला फुटबलमा नेपाल, भारत, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् ।
महिला फुटबलमा भारतले स्वर्ण जित्दै आएको छ । नेपालले भने रजत जित्दै आएको छ ।
साग मंसिर १५ देखि १४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुनेछ ।
सागको महिला फुटबल पोखरामा हुनेछ ।
महिलातर्फ नेपालले पहिलो खेल श्रीलंकासँग डिसेम्बर ३ मा खेल्नेछ ।
दोस्रो खेलमा डिसेम्बर ५ मा नेपालले माल्दिभ्ससँग खेल्नेछ । नेपालले डिसेम्बर ७ मा अन्तिम लिग खेल भारतसंग खेल्नेछ ।
राउण्ड रोविन लिगका आधारमा शीर्ष दुई टिमले फाईनल खेल्नेछ ।