एजेन्सी । रियल मड्रिडमा विंगर लुकास भास्क्वेज एक महिना मैदान बाहिर रहने भएका छन् ।
आफ्नो तौल घटाउन जिममा व्यस्त रहेका भास्क्वेजको देब्रे खुट्टाको औला भाचिएपछि एक महिना मैदान बाहिर रहने भएका हुन् ।
२८ वर्षे भास्क्वेज यस अघि काल्फ इन्जुरीको कारण ६ हप्ता मैदान बाहिर रहेका थिए । अब उनी थप एक महिना मैदान बाहिर रहने छन् ।
स्पेनिस विंगर भास्क्वेजले यस सिजन ९ खेलमा मात्र १ गोल गरेका छन् ।