पोखरा । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि निर्माणाधीन पोखरा रंगशालाको मैदानमा दुबो (घास) राख्ने काम सुरु भएको छ ।
सागका लागि द्रुतगतिमा निर्माण भईरहेको पोखरा रंगशालाको मैदानमा बिहिबार बिहानबाट दुबो राख्ने काम सुरु भएको हो ।
यस अघि राखिएको दुबो मरेपछि पुन: भारतको कोलकत्ताबाट दुबो ल्याएर राख्न थालिएको हो । रंगशालामा आवश्यक दुबो बुधबार साँझ मात्रै पोखरा आईपुगेको थियो ।

साग अन्तर्गत महिला फुटबल पोखरा रंगशालामा हुनेछ । साग सुरु हुन ९ दिन बाँकि रहदा रंगशालाको निर्माण तीब्रताका साथ भईरहेको छ ।
रंगशालामा बुधबारबाट प्यारापिट जडानको काम समेत सुरु भएको थियो ।
रंगशाला बनाउने जिम्मा भारतको ग्रेट स्पोर्ट्स इन्फ्रा र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले ५ दिनभित्र प्यारापिट जडान भईसक्ने जनाएको छ ।