एजेन्सी । टोटेनहमका नयाँ प्रशिक्षक जोसे माउरिन्होले क्लबमा खुसी ल्याउने बाचा गरेका छन् ।
५६ बर्षका पोर्चुगिज माउरिन्हो बुधबार क्लबको प्रशिक्षकमा नियुक्त भएका थिए ।
मंगलबार राति माउरिसियो पोचिटिनो क्लबबाट बर्खास्तमा परेपछि माउरिन्होलाई टोटेनहमको जिम्मेवारी सुम्पिएको थियो ।
प्रियिमर लिग क्लब चेल्सी र म्यान्चेष्टर युनाईटेडका पुर्व प्रशिक्षक माउरिन्होले टोटनहमको वर्तमान टिमको स्तरको प्रशंसा गरेका छन् । त्यस्तै उनले विश्वस्तरीय रंगशाला र ट्रेनिङ गरिने मैदानको समेत खुलेर प्रशंसा गरे ।

'म खुसी हुन सक्दिन र चुनौतीको लागि तयार छु ।' उनले भनेका छन् ।
क्लबको टिभीलाई अन्तरवार्ता दिदै उनले भनेका छन्, 'क्लबलाई माया गर्नेका लागि हरेक किसिमको खुसीयाली ल्याउन कोशिश गर्नेछु ।'

माउरिन्होले सन् २०२२–२३ को सिजन सम्म क्लबसंग सम्झौता गरेका छन् । उनले आधारभुत तलबको रुपमा ८ मिलियन डलर क्लबबाट पाउनेछन् ।
सन् २०१८ को डिसेम्बरमा म्यान्चेष्टर युनाईटेडबाट बर्खास्तमा परेपछि माउरिन्होले पहिलो पटक क्लब सम्हाल्ने अवसर पाएका हुन् ।
टोटेनहम पछिल्ला पाँच खेलमा जित निकाल्न असफल छ । क्लब प्रिमियर लिग तालिकाको १४ औ स्थानमा छ ।
जम्मा १२ खेल सकिँदा क्लब शीर्ष स्थानको लिभरपुल भन्दा २० अंकले पछाडी छ ।