एजेन्सी । इन्ग्लिश क्लब टोटेनहमले पोर्चुगिज प्रशिक्षक जोसे मोरिन्होलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
टोटेनहमले बुधबार मोरिन्होलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोलाई मंगलबार बर्खास्त गर्दै टोटेनहमले मोरिन्होलाई प्रशिक्षक नियुक्त गरेको हो ।
चेल्सी र म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक मोरिन्होले टोटेनहमसँग सन् २०२३ सम्मको लागि सम्झौता गरेका छन् ।
यस सिजन क्लबले खराब प्रदर्शन जारी राखेपछि टोटेनहमले पोचेटिनोलाई बर्खास्त गरेको हो ।
यस सिजन टोटेनहम लिगको १४ औं स्थानमा रहेको छ ।