एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा क्रोएसियाले जर्जियालाई पराजित गरेको छ ।
मंगलबार राति भएको खेलमा क्रोएसियाले जर्जियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
क्रोएसियाले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो ।
खेलको १८ औं मिनेटमा गीओर्गी अबुर्जनियाले गोल गर्दै जर्जियालाई अग्रता दिलाएका थिए ।
तर, खेलको २५ औं मिनेटमा गुराम काशियालाई आत्मघाती गोल गर्दा क्रोएसिया खेलमा फर्किएको थियो । त्यसपछि खेलको ५३ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई २-१ ले जित दिलाए ।