एजेन्सी । युरोकप छनोट अन्तर्गत समूह चरणको खेलमा नेदरल्यान्ड्सले फराकिलो जित निकालेको छ ।
छनोट अन्तर्गत मंगलबार राति नेदरल्यान्ड्सले इस्टोनियालाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनियो विज्नाल्डमले ह्याट्रिक गरे । यस्तै नाथन एन्के र म्यरोन बोअडुले एक एक गोल गरे ।
डेब्यु खेलाडी बोअडु नेदरल्यान्ड्सका लागि सर्वाधिक कम उमेरमा गोल गर्ने खेलाडी समेत चुनिए । उनले १८ वर्ष ३ सय ९ दिनको हुँदा गोल गरेका हुन् ।
इस्टोनियामाथिको जितसँगै नेदरल्यान्ड्सले समूह 'सी' मा ८ खेलमा १९ अंक जोडेको छ । नेदरल्यान्ड्स समूह दोस्रो स्थानमा छ । नेदरल्यान्ड्स यस अघि नै युरोकपमा छनोट भईसकेको छ ।
समूहको पुछारमा रहेको इस्टोनियाको १ अंक रहेको छ ।
