मंगलबार, ०३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

मानहानीको मुद्दा हाल्ने राणा पक्षको चेतावनी

मंगलबार, ०३ मंसिर २०७६खेलपाटी संवाददाता
मानहानीको मुद्दा हाल्ने राणा पक्षको चेतावनी

पत्रकार सम्मेलनमा नारायण देव राणा । फाेटाे : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल कुस्ती संघका अध्यक्ष नारायण देव राणाले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आलटाल गरेको आरोप लगाउँदै मानहानीको मुद्दा हाल्ने चेतावनी दिएका छन् ।

बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष राणाले अदालतले आफ्नो नेतृत्वको संघलाई काम गर्न दिएको आदेश राखेपले कार्यान्वयन नगरेको आरोप लगाएका हुन् ।

‘अदालतले मेरो नेतृत्वको कार्य समितिलाई काम गर्न दिएको अन्तरिम आदेश र पुन सोही अन्तरिम आदेशलाई निरन्तरता दिन दिएको आदेश समेत कार्यान्वयन गर्न राखेपले आलटाल गरेको छ ।’ राणाले पत्रकार सम्मेलनमा भने ।

उनले अदालतको आदेश कार्यान्वयन नगरि आसन्न दक्षिण एसियाली खेलकुद (साग)को टेक्निकल हेण्डबुकमा संघको अध्यक्षमा अरु कसैको नाम राखेको र आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीलाई न्यायपुर्ण तरिकाले बाहिर राखेको आरोप लगाएका छन् ।

सोही प्रमाणका आधारमा पुन कानुनी उपचार खोज्ने उनले बताएका छन् ।

अदालतको आदेश कार्यान्वयनमा गम्भिर नभए अदालतमा मानहानीको मुद्वा हाल्ने राणाले चेतावनी दिएका हुन् ।

‘केही दिनमा समेत आदेश कार्यान्वयन भएन भने राखेपविरुद्ध अदालतमा मानहानीको मुद्दा हाल्ने तयारी हो ।’ उनले भने ।

के हो विवाद ?

यसअघि, दुई कुस्ती संघ अस्तित्वमा थिए । एक राष्ट्रिय अर्को अन्तराष्ट्रिय ।

राणा नेतृत्वको संघलाई राखेपले मान्यता दिएको थियो । नेपाल ओलम्पिक कमिटिले राजमोहन अन्सारी नेतृत्वको संघलाई मान्यता दिएको थियो ।

राणा नेतृत्वको कार्यसमितिले नयाँ निर्वाचनका लागि राखेपसंग मिति माग्यो । तर संघभित्रको आन्तरिक विवाद देखाएर राखेपले मिति दिन आलटाल गर्यो ।

अन्तिममा कार्यसमितिको म्याद सकिने बित्तिकै राखेपले गत असार ९ गते राजमोहन अन्सारीको नेतृत्वमा संघ पुर्नगठन गर्यो ।

अर्थात राखेप र ओलम्पिक कमिटि मिलेर राणा नेतृत्वको संघमाथि ‘कु’ गरिदिए ।

राजमोहन नेकपा निकटका हुन् । उपाध्यक्ष पिताम्बर तिम्सिनाले नेकपा निकटका राजमोहन नेतृत्वमा संघ पुर्नगठन गर्न भूमिका खेलेका थिए ।

राखेपले अन्याय गरेको भन्दै राणा अदालते गए ।

अदालतले गत असोज ७ गते राणा नेतृत्वको संघलाई सफाईको मौका नदिएर संघ पुर्नगठन गरेको भन्दै राणा पक्षको कार्यसमितिलाई काम गर्न अन्तरिक आदेश दियो र थप छलफलका लागि बोलाएको थियो ।

सर्वपक्षिय छलफलपछि अदालतले पुन गत असोज २८ गते अन्तरिम आदेशलाई निरन्तरता दिने फैसला सुनायो ।

तर अदालतले आदेश दिएपनि राणा पक्षलाई काम गर्न पाएको छैन । राखेपले अदालतको आदेश अवज्ञा गरेको राणा पक्षको ठहर छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
दक्षिण अफ्रिकाका डुसेनले जेबीबाट खेल्ने

दक्षिण अफ्रिकाका डुसेनले जेबीबाट खेल्ने

मलेसियालाई एएफसीको कारबाही, एशियन कप छनोटमा नेपालले पायो ३ अंक

मलेसियालाई एएफसीको कारबाही, एशियन कप छनोटमा नेपालले पायो ३ अंक

अर्को चार वर्ष ब्राजिलकै टोलीसँग बस्ने तयार एन्सेलोट्टी

अर्को चार वर्ष ब्राजिलकै टोलीसँग बस्ने तयार एन्सेलोट्टी

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

सुजनलाई दोहोरो स्वर्ण

सुजनलाई दोहोरो स्वर्ण

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

मौकामा चम्किन सक्दैनन् नेयमार

मौकामा चम्किन सक्दैनन् नेयमार