• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
साग विशेष : भारोत्तोलनलाई पुरानै प्रतिद्वन्दीको डर
गिता राई
मंगलबार, मंसिर ३, २०७६ गिता राई
साग विशेष : भारोत्तोलनलाई पुरानै प्रतिद्वन्दीको डर

काठमाडौं । सागलाई फर्किएर हेर्दा भारोत्तोलनमा नेपालको नतिजा राम्रो छैन । हिसाबै गर्दा रजत र कास्य छाडेर एउटै स्वर्ण मात्र नेपालले जितेको देखिन्छ ।

तर, घरेलु प्रतियोगिताका पछिल्लो नतिजा हेर्ने हो भने भारोत्तोलनमा एक पछि अर्को कीर्तिमान भंग भईरहेका छन् । नयाँ कीर्तिमान बनिरहेका छन् । नयाँ नयाँ कीर्तिमान कायम हुनु खेलले प्रगति गरेको सुचक पनि त हो ।

तर, घरमा बनेका कीर्तिमानको खास अर्थ त्यो समय हुन्छ, जति बेला सो खेलले अन्तराष्ट्रिय प्रतियोगितामा पदक जित्छ । त्यही चुनौती र अवसर भारोत्तोलनलाई छ ।

धेरै पदक जित्न सकिने खेल भारोत्तोलन पनि हो । यदी नेपालले घरेलु मैदानमा हुने सागमा ऐतिहासिक पदक जित्ने लक्ष्य राख्छ भने त्यसमा भारोत्तोलनले योगदान अनिवार्य देखिन्छ ।

ईतिहास :

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पहिलो संस्करणमा सहभागिता जनाउने मध्यको एक खेल हो, भारोत्तोलन ।

छैटौं साग बाहेक सबै संस्करणमा भारोत्तोलन सहभागी छ । तर, सहभागीताको लामो यात्रा तय गर्दा समेत दक्षिण एसियामा भारोत्तोलनले देशलाई मात्र एक स्वर्ण दिलाएको छ ।

दशौँ सागमा नेपालले एक स्वर्ण जितेको थियो । श्रीलंकाको कोलम्बोमा नेपालका कमल बहादुर अधिकारीले स्वर्ण जितेका थिए । त्यो नै साग ईतिहासमा पहिलो स्वर्ण हो । त्यसपछि नेपालले अहिलेसम्म भारोत्तोलनमा स्वर्ण हात पार्न सकेको छैन ।

पहिलो सागमा भारोत्तोलनमा नेपालले ५ रजत र ३ कास्य हात पारेको थियो । यसैगरी दोस्रो सागमा ६ रजत र १२ कास्य, तेस्रो सागमा १९ कास्य, चौंथो सागमा ६ रजत र २३ कास्य, पाँचौं सागमा ३ रजत र १९ कास्य, सातौँ सागमा २ रजत र ३ कास्य, आठौंमा ३ कास्य र नवौँमा १ कास्यमा सिमित बनेको थियो ।

११ औं सागमा पदक विहिन बनेको भारोत्तोलनले १२ औं संस्करणमा १ रजत र ३ कास्य जितेको थियो । भारतको गुवाहाटीमा भएको १२ औं सागमा नेपालका विकास थापाले रजत जितेका थिए । यस्तै तारा देवी पुन, देवी चौधरी र जुनुमाया छन्त्यालले कास्य जितेका थिए ।

तयारी :
१३ औं सागमा स्वर्ण ल्याउने लक्ष्य सहित भारोत्तोलनले साउनबाट बन्द प्रशिक्षणको सुरुवात गरेको थियो । पहिलो संस्करणमै ५ रजत र ३ कास्य हात पारेको भारोत्तोलनले पुन घरेलु मैदानमा हुन लागेको सागमा स्वर्णका लागि चुनौती दिनेछ ।

नेपालको तर्फबाट भारोत्तोलनमा समान ७ पुरुष र महिला सहभागी हुनेछन् ।

सागलाई लक्षित गरी भारोत्तोलनले उज्वेकिस्तान र दक्षिण कोरियामा प्रशिक्षण गरेको थियो । सो प्रशिक्षणले सागमा धेरै सहयोग पुग्ने खेलाडी बताउँछन् ।

‘उज्वेकिस्तान र दक्षिण कोरियामा वैदेशिक प्रशिक्षण गरेका थियौ । राम्रो प्रशिक्षण भएको थियो ।’ नेपालकी ‘स्ट्रङ्गेस्ट’ महिलाको उपमा पाएकी तारादेवी पुन बताउँछिन् ।

बलियो पक्ष :

सागमा सबैभन्दा धेरै पदक जित्ने खेलको रुपमा भारोत्तोलनलाई लिईन्छ । घरेलु मैदानमा, घरेलु दर्शकको समक्ष खेल्न खेलाडी निकै उत्साहित समेत छन् । यस्तै, उज्वेकिस्तानमा २२ दिन र दक्षिण कोरियामा समेत वैदेशिक प्रशिक्षण गरेको हुनाले नतिजामा परिवर्तनमा आउने खेलाडीको दाबी छ ।

चुनौती : भारोत्तोलनमा नेपालको बलियो प्रतिद्वन्दी भारत, बंगलादेश र श्रीलङ्नै हुन् । १३ औं सागमा सबै प्रतिद्वन्दी सहभागी हुने निश्चित भएकाले भारत्तोलनलाई स्वर्ण जित्न मुख्य चुनौती छ ।

पदकको सम्भावना :

भारोत्तोलनले हालसम्म एक स्वर्ण मात्र जितेको छ । भारत, बंगलादेश र श्रीलंङ्का मुख्य प्रतिस्पर्धी रहेको सागमा स्वर्ण पदकको सम्भावना कठिन छ ।
तर दक्षिण कोरिया तथा उज्वेकिस्तानमा लामो समयको प्रशिक्षणले स्वर्ण पदकको सम्भावना नकार्न सकिदैन ।

साग खेल्ने भारोत्तोलन टिम : 

पुरुष -
तुलाराम महतो ५५ के.जी
राजु चौधरी ६१ के.जी
प्रकाश के.सी ६७ के.जी
कमल बहादुर अधिकारी ७५ के.जी
बिकास थापा ८१ के.जी
दिनेश कार्की ८५के.जी
विशाल सिंह विष्ट ९६ के.जी
सन्देश गुरुङ १०२ के.जी
सागर भण्डारी १०९ के.जी
पुकार गुरुङ १०९ के.जी भन्दा माथि

महिला - 
करिना चौधरी ४५ के.जी
संगिता राई ४९ के.जी
सञ्जु चौधरी ५५ के.जी
कमला श्रेष्ठ ५९ के.जी
देबी चौधरी ६४ के.जी
राज्यलक्ष्मी थापा ७१ के.जी
तारादेवी पुन ७६ के.जी
लक्ष्मी वन ८१ के.जी
मनकुमारी कुमाल ८७ के.जी
अस्मिता राई ८७ के.जी माथि

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पदक विजेता टोलीलाई स्वागत
पदक विजेता टोलीलाई स्वागत
कोशीलाई हक्की उपाधि
कोशीलाई हक्की उपाधि
ग्रेस ओभरअल च्याम्पियन
ग्रेस ओभरअल च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP