प्रधानमन्त्री ओलीसँग सचिनको भेट
आइतबार, ०१ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय क्रिकेट लिजेण्ड सचिन तेन्दुलकरले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
प्रधानमन्त्री ओलीले सचिनलाई प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भेट गरेका हुन् । प्रधानमन्त्री ओलीले सामाजिक संजाल ट्वीटरबाट सचिनसँग भेट गरेको जनाएका छन् ।
युनिसेफको सद्भावना दूत रहेका सचिन बाल अधिकार सम्बन्धि एक कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन् ।
क्रिकेटको भगवानको रुपमा चिनिने सचिन शुक्रबार राति नेपाल आईपुगेका थिए ।
सचिनको टिमले शनिबार टियु क्रिएक्त मैदानमा नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दासको टिमसँग मैत्रीपूर्ण खेल खेलेका थिए ।

तस्बिर - प्रधानमन्त्री ओलीको ट्वीटर













%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)