• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
सागको ‘साख’ जोगाउन गम्भीर बनौं
खेलपाटी संवाददाता
आइतबार, मंसिर १, २०७६ खेलपाटी संवाददाता
सागको ‘साख’ जोगाउन गम्भीर बनौं

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को दिन गन्ती सुरु भएको छ । अब खेल सुरु हुन ठ्याक्कै १४ दिन बाँकी छ । तर आयोजकको हिसाबले हाम्रा तयारीहरु बाँकीनै छन् ।

मुख्य खेल स्थलहरु निर्माणाधिन अवस्थामा छन् । कहिले सकिन्छन्, टुङ्गो छैन । आयोजकले हिसाबले नेपालको मुख्य पिरलो यही छ । दशरथ रंगशालामा छानो हान्ने काम सुरु भएको छैन, पोखरा रंगशाला बिजोगै देखिन्छ । सातदोबाटोको पौडी पोखरी अझै तयार भएको छैन ।

साग गराउने अर्जुनदृष्टि सहित सदस्य सचिवमा आएका रमेश सिलवालले कात्तिक १५ भित्र सबै पुर्वाधार तयार हुने दाबी गरेका थिए । तर निर्धारित समयमा समेत पुरा हुन नसकेपछि थप १५ दिनको भाका राखे । तर अवस्था जटिलै देखिन्छ । अझ बिजोग अवस्था बिषयगत समितिको छ । जति कम भएका छन्, धेरै कागजमै सिमित छन् । सागको दिन गन्ती सुरु हुदाँ समेत समितिले काम सक्यौ भन्ने अवस्था छैन । बैठक, समिक्षा अनि निर्देशनमै समितिका दिनहरु बितिरहेका छन् ।

१३ औं सागको सबै भन्दा राम्रो पक्ष राष्ट्रिय टिमको तयारी रह्यो । अधिकांश खेलले वैदेशिक प्रशिक्षण र अभ्यासको मौका पाए । स्वदेशमै भएका खेल र खेलाडीले विदेशी प्रशिक्षक पाए । सदस्य सचिव सिलवालले खेलाडीले गुनासो गर्ने कुनै बाटो राखेनन् । खेलाडीमा गरेको लगानी आसन्न सागको नतिजामा देखिनेनै छ । अर्को महत्वपुर्ण पक्ष भनेको निर्धारित समयमा बन्न निकै कठिन देखिएको दशरथ रंगशाला निर्माणमा खेलकुद मन्त्री आफै जुटे । सुरुमा निकै सुस्त देखिएका मन्त्री रातदिन खटिदाँ रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको देखिन्छ ।

सागको सुरुवात हामीले गर्यो । खेलकुदमार्फत दक्षिण एसियालाई गोलबद्व गर्ने अभियानको थालनी जस हामीलाई जान्छ । तर आयोजनाको करिब चार दशक बितिसक्दा पनि हाम्रा सिकाई बिर्सन लायकनै रहे । १३ औ संस्करणको साग आयोजनाको १४ दिन अघिसम्म समेत हामी तयारी अवस्थामा बस्न सकेका छैनौ । धेरै कमजोर अघिल्ला राजनीतिक नेतृत्व र नियुक्तीका भए, केही क्रुटी वर्तमान नेतृत्वले देखाईरहेका छन् ।

तर साग खेलकुद कुनै ब्यक्ति बिशेष, संघ संस्था र मन्त्रालयको मात्र कार्यक्रम हैन । यो समग्र राष्ट्रको गौरवको कार्यक्रम हो । यससंग हाम्रो अनि राष्ट्रको मान, प्रतिष्ठा र ईज्जत जोडिएको छ । साग दक्षिण एसियाको खेल प्रतियोगिता मात्र हैन । यो हाम्रो जिवनशैली, संस्कृति र समृद्वि प्रकट गर्ने उत्कृष्ट थलो पनि हो । लामो राजनीतिक संक्रमण पार गरेर संघीय गणतन्त्रमा प्रवेश गरेको नेपालीले आफ्ना समृद्विको प्रयास र प्रयत्नलाई विश्व समुदायलाई देखाउने अवसर पनि हो । यसको अधिकतम उपयोग गर्ने दिशामा हामी जुट्नुपर्छ, लाग्नुपर्छ ।

सत्य यो पनि हो, राज्य सञ्चालनको प्रणालीसंग हाम्रा तमाम असहमती छन्, वर्तमान नेतृत्वसंग हाम्रा यथेष्ट गुनासाहरु छन् । केही मन्त्रीको कार्यशैलीसंग असन्तुष्टि होलान्, केही सदस्य सचिवका तिखा ब्यङ्गेसंग असन्तुष्टि होलान् । तर गुनासा, विवाद र आरोपमा उत्रने समय र छुट अब हामीलाई छैन । साग संघारमै आईपुगेको छ । यसलाई सफल बनाउने हामी सबै नागरिकको साझा दायित्व र कर्तव्य हो । बिषयको जटिलतालाई बुझेर सबै व्यक्ति र जिम्मेवार निकाय अब गम्भिर बन्न जरुरी छ । सागको शाख जोगाउनुपर्ने चुनौती छ । राष्ट्रको प्रतिष्ठा र गौरवसंग जोडिएको प्रतियोगितालाई सफल बनाउन सबैले आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्न आवश्यक छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पदक विजेता टोलीलाई स्वागत
पदक विजेता टोलीलाई स्वागत
कोशीलाई हक्की उपाधि
कोशीलाई हक्की उपाधि
ग्रेस ओभरअल च्याम्पियन
ग्रेस ओभरअल च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP