लिजेण्ड क्रिकेटर सचिन नेपालमा
शुक्रबार, कार्तिक २९, २०७६खेलपाटी संवाददाता

काठमाडौं । भारतका क्रिकेट लिजेण्ड सचिन तेन्दुलकर नेपाल आइपुगेका छन् ।
क्रिकेटको भगवानको रुपमा चिनिने सचिन शुक्रबार राति नेपाल आईपुगेका हुन् ।
युनिसेफको सद्भावना दूत रहेका सचिन बाल अधिकार सम्बन्धि एक कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन् ।
बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले सचिनलाई नेपाल बोलाएको हो ।
सचिनले शनिबार बिहान टियु मैदानमा बालबालिकासँग क्रिकेट खेल्ने कार्यक्रम रहेको छ ।









-1763309767672.webp&w=3840&q=75)





