• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
सागमा मिलेको 'त्यो' सफलता
खेलपाटी संवाददाता
बुधबार, कात्तिक २७, २०७६ खेलपाटी संवाददाता
सागमा मिलेको 'त्यो' सफलता

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण नजिकै आईसकेको छ । र, नेपालबाट सुरु भएको सागको यस संस्करण नेपालमै आयोजना हुँदैछ ।

नेपालले आयोजना गर्ने १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं,पोखरा र जनकपुरमा सञ्चालन हुदैछ । नेपालले तेस्रो पटक साग खेलकुद आयोजना गर्न लागेको हो । यसअघि नेपालले सन् १९९९ मा दोस्रो पटक साग खेलकुद सफलता पूर्वक सम्पन्न गरिसकेको छ ।

साग खेलकुदमा जन्मदाता भएपनि नेपालले सागमा ठुलो उपलब्धि भने हासिल गर्न सकिरहेको छैन । इतिहास हेर्ने हो भने नेपालमात्र हैन अन्य साग राष्ट्रको समेत अवस्था उस्तै छ ।

सागको १२ औं संस्करण सकिदा भारतले मात्र पदक तालिकामा राज गरिरहेको छ । अर्थात्, सागको १२ वटै संस्करणमा भारत टिम च्याम्पियन बनेको छ ।

सागको १३ औं संस्करण सकिदा नेपालले कुल ७९ स्वर्ण, १२२ रजत र २७२ काँस्यगरी कुल ४७३ पदक जितेको छ ।

साग इतिहासमा नेपालले मात्र एक पटक उच्च स्थान हासिल गरेको छ, तालिकाको दोस्रो स्थानमा रहेर । त्यसबाहेक नेपाल तेस्रो समेत भएको छैन ।

तर, नेपाल घरेलु भूमिमा आयोजना हुने १३ औं सागमा कीर्तिमान प्रदर्शनको लक्ष्यमा रहेको छ । नेपालले सागमा धरै भन्दा धेरै पदक ल्याउन सहभागी सबै खेलको तयारी तीव्र गतिमा अघि बढाएको छ ।

सागमा नेपालले पाएको त्यो सफलता - 

नेपालले उच्च सफलता हासिल गरेको आठौं संस्करणको सागमा हो । सन् १९९९ को सेप्टेम्बर २५ देखि अक्टोबर ४ सम्म घरेलु भूमिमा भएको सागमा नेपालले उक्त सफलता हासिल गरेको थियो ।

साग इतिहासमै नेपालले सर्वाधिक स्वर्ण पदक जितेको त्यो नै पहिलो हो ।  आठौं सागमा नेपालले ३१ स्वर्ण जितेको थियो । र, नेपाल भारतलाई पछ्याउदै दोस्रो भएको थियो ।

आठौं सागमा नेपालले ३१ स्वर्णसहित १० रजत र २४ कास्यसहित कुल ६५ पदक जितेको थियो । टिम च्याम्पियन बनेको भारतले १०२ स्वर्णसहित कुल १९७ पदक जितेको थियो । 

नेपालको त्यो सफलताको श्रेय तेक्वान्दो र कराँतेलाई जान्छ । उक्त संस्करणमा समावेश १२ खेलमध्ये तेक्वान्दो र कराँते पहिलो पटक समावेश गरिएको थियो । 

आठौं सागमा एथलेटिक्स, पौडी, फुटबल, बक्सिङ, भारोत्तोलन, कपर्दी, कुस्ती, टेबलटेनिस, भलिबल, सुटिङ, कराँते र तेक्वान्दो खेल समावेश गरिएको थियो ।

कराँते पुरुषको व्यक्तिगततर्फ स्वर्ण जित्नेमा रवि महर्जन, दिपक श्रेष्ठ , ध्वजमान मोक्तान , राजेश श्रेष्ठ, कृष्ण गुरुङ, गंगा महर्जन रहेका थिए । यस्तै पुरुष टिम कातामा नेपालले स्वर्ण जितेको थियो । कराँतेमा रजत ल्याउने एक मात्र खेलाडी दुर्गालाल निरौला थिए ।

कराँते महिलातर्फ नीता राई, मीना पाठक, जुनु राई, बिनिता चौधरी, प्रीति डंगोलले स्वर्ण जितेकी थिईन । महिला टिम कातामा पनि नेपालले स्वर्ण जितेको थियो ।

यस्तै तेक्वान्दो पुरुषमा नेपालका दिपक विष्ट, किशोर श्रेष्ठ, अशोककुमार लामा, कोसिस खड्का, कमलबहादुर विष्ट, उज्जवल थपलिया र राजकुमार राईले स्वर्ण जितेका थिए । प्रमोद मानन्धरले रजतमा चित्त बुझाएका थिए ।

तेक्वान्दो महिलातर्फ सीता राई, संगीना वैद्य,रेणुका मगर, सबिता राज भण्डारी, बन्दना श्रेष्ठ, प्रमिला थापा र रितु राईले स्वर्ण हात पारेका थिए । मञ्जु तुलाधरले रजत जितेकी थिईन् ।

बक्सिङतर्फ रामचन्द्र थापा र प्रकाश थापाले स्वर्ण जितेका थिए । रमेश श्रेष्ठ, हरी बहादुर कैसे, प्रेमकृष्ण महर्जन, राजन डंगोल र रामकुमारले रजत जितेका थिए । इन्द्र बहादुर राना र निमा तिताङले काँस्य जितेका थिए ।

एथलेटिक्समा नेपालले १ रजत र ५ काँस्य जित्यो । ज्ञानबहादुर बोहराले पुरुष ५ हजार दौडमा रजत जिते । काँस्य जित्नेमा यामबहादुर पुडासैनी १० हजार मिटर दौड, गाणेश बहादुर म्याराथन र खर्सिद अहमद खान ज्याभालिन थ्रोमा रहेका थिए । यस्तै नेपाली महिला टोलीले ४ गुणा सय र ४ गुणा ४ सय मिटर रिलेमा २ काँस्य जितेको थियो  । 

फुटबलको फाइनलमा नेपाल बंगलादेशसँग १–० ले परेजित हुँदा रजतमा चित्त बुझाउनु परेको थियो । महिला भलिबलतर्फ नेपालले काँस्य जितेको थियो ।

सुटिङमा नेपालको पुरुष टिमले १० मिटर एयर राइफल्स र १० मिटर एयर पिस्टोलमा काँस्य जितेको थियो । महिला टिमले पनि १० मिटर एयर पिस्टोलमा काँस्य जितेको थियो ।

पौडीतर्फ नेपालले १ स्वर्ण र १ काँस्य जितेको थियो । महिला ४ गुणा सय मिटर मिडले रिलेमा नेपालले स्वर्ण जितेको थियो । पौडीको ४ गुणा २ सय मिटर फ्रीस्टाइलमा नेपालले काँस्य जितेको थियो ।

टेबल टेनिसमा नेपालले ३ काँस्यमा चित्त बुझायो । नेपालले पुरुष डबल्स, महिला डबल्स र मिक्स डबल्समा काँस्य जितेको थियो ।

कुस्तीमा नेपालका सोभि यादब, उपेन्द्र दास बैरागी,ब्राहिम देव यादब, राजु सरन यादब र धर्म राज यादबले काँस्य जितेका थिए ।

भारोत्तोलनतर्फ नेपालका राकेश रञ्‍जित, रोशन नकर्मी र मदन शिव भक्तिले काँस्य जितेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पदक विजेता टोलीलाई स्वागत
पदक विजेता टोलीलाई स्वागत
कोशीलाई हक्की उपाधि
कोशीलाई हक्की उपाधि
ग्रेस ओभरअल च्याम्पियन
ग्रेस ओभरअल च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP