अन्तर स्कुल छात्रा फुटसल हुने

काठमाडौं । पहिलो ब्राइट उपत्यका व्यापी अन्तर स्कुल छात्रा फुटसल प्रतियोगिता मंगलबारबाट सुरु हुने भएको छ । ब्राइट फ्युचर माध्यमिक विद्यालयको आयोजनामा मंगलबारबाट प्रतियोगिता सुरु हुने भएको हो ।
दुई दिने प्रतियोगिता ढुङ्गे अड्डास्थित आदर्श फुटसलमा हुनेछ । प्रतियोगितामा विभिन्न १२ स्कुलको सहभागिता रहने प्रतियोगिता संयोजक तथा ब्राइट फ्युचरका प्रशिक्षक दीपक वाइवाले जानकारी गराए । सहभागी १२ टिमलाई चार समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन लिगको आधारमा हुने प्रतियोगिताको समूहको शीर्ष टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।
प्रतियोगिताको पहिलो दिन समुह चरणका खेल हुनेछ । दोस्रो दिन सेमिफाइनल, तेस्रो स्थान र फाइनल खेल हुनेछ । समूह चरणका खेल १५ मिनेटको हुनेछ । सेमिफाइनल, तेस्रो स्थान र फाइनल खेल २० मिनेटको हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।






-1759666509639.jpg&w=3840&q=75)



copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
-1761730672592.jpg&w=3840&q=75)


-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)
