एजेन्सी । जर्मन क्लब वायर्न म्युनिखका मुख्य प्रशिक्षक निको कोभाकले मुख्य प्रशिक्षकबाट राजीनामा दिएका छन् ।
साविक विजेता समेत रहेको वायर्नले शनिबार राति लज्जास्पद हार व्यहोरेपछि कोभाकले पद छाडेका हुन् । कोभाकले क्लबसँगको सहमतिमा पद छाडेको वायर्नले जनाएको छ ।
लिग अन्तर्गत शनिबार वायर्नले फ्रान्कफर्टसँग ५-१ को हार व्यहोरेको थियो । र, वायर्न लिगको चौथो स्थानमा झरेको थियो ।
वायर्नका पूर्व मिडफिल्डर समेत रहेका कोभाकले १८ महिना अघि क्लब सम्हालेका थिए ।
क्रोएसियण मिडफिल्डर कोभाकले गत सिजन वायर्नलाई बुन्डेस लिगा उपाधि दिलाएका थिए । उनको नेतृत्वमा वायर्नले ६५ खेलमा ४५ जित निकालेको छ ।