एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा एसी मिलान पराजित भएको छ ।
आइतबार राति भएको खेलमा मिलानलाई लाजियोले २-१ गोल अन्तरले पराजित गरेको छ ।
मिलान घरेलु मैदानमै पराजित भएको हो । खेलको २५ औं मिनेटमा सिरो इमोबाइलले गोल गर्दै लाजियोलाई सुर्वाती अग्रता दिलाएका थिए ।
२८ औं मिनेटमा लाजियोका बास्टोसले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो । तर, खेलको ८३ औं मिनेटमा जोआक्विन कोर्रेयाले गोल गर्दै लाजियोलाई २-१ को जित दिलाए ।
योसँगै लाजियोले ३० वर्षपछि मिलानलाई उसैको मैदानमा हराउँन सफल भएको छ ।

यस सिजन खराब प्रदर्शन गरिरहेको मिलानको यो छैटौं हार हो । मिलानले ११ खेलबाट १३ अंक जोडेको छ । मिलान लिगको १२ औं स्थानमा छ ।
मिलानलाई पराजित गरेको लाजियो भने चौथो स्थानमा उक्लिएको छ । लाजियोले ४ खेलमा २१ अंक जोडेको छ ।

