काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब हाम्रो पुर्वान्चल गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
झापामा आइतबार भएको खेलमा झापा-११ लाई २-१ गोल अन्तरले पराजित गर्दै पुलिस क्वाटरफाइनलमा पुगेको हो ।
पुलिसको जितमा सुमन लामा र सौजन याख्या राईले एक एक गोल गरे । झापाका लागी योगेश गुरुङले एक गोल फर्काए ।
खेलको म्यान अफ द म्याच सौजन याख्या चुनिए ।
अब पुलिसले क्वाटरफाइनलमा अर्को विभागीय टिम एपीएफ क्लबको सामना गर्नेछ ।
प्रतियोगिताको विजेताले १२ लाख ५० हजार प्राप्त गर्दा उपविजेताले ६ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
