काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले इन्डोनेसियन लिगा वानमा सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा जकार्ताले टिरा पेर्सिकाबोलाई २-० गोल अन्तरले पराजित गरेको हो । जकार्ताको जितमा मार्को सिमिक र गोल जान्डाओले एक एक गोल गरे ।
पेर्सिकाबोविरुद्धको खेलमा रोहितले पुरै ९० मिनेट मैदानमा बिताएका थिए ।
जितसँगै साविकको विजेता समेत रहेको जकार्ताले २४ खेलबाट २७ अंक जोडेको छ ।
जकार्ता लिगको १४ औं स्थानमा छ । पेर्सिकाबोको ३७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।